०७ वैशाख २०८१

रियो २०१६ को समापन, ब्राजिल ओलम्पिक फुटबल विजेता

0

२३ अगष्ट २०१६, स्विटजरल्याण्ड। रियो द जेनेरियोमा संचालित ओलम्पिक २०१६ मा ब्राजिल र जर्मनीबीच भएको फुटबल फाईनल खेल (पुरुष) मा ब्राजिलले विजय हासिल गरी स्वर्ण पदक हात पारेको छ। निर्धारित र अतिरिक्त्त समयमा १-१ गोल गरी खेल अनिर्णीत भएपछी ब्राजिलले जर्मनीलाई पेनाल्टिमा ४ का विरूद्ध ५ गोलले हराएको हो। ब्राजिलले ५ पटक फुटबल विश्व कप जितिसकेको भएपनि यो ब्राजिलको फुटबलमा पहिलो ओलम्पिक स्वर्ण पदक हो।

रियो २०१६अन्तिम दिन

२१ अगष्ट रियो २०१६ को अन्तिम दिन थियो। ५ देखि २१ अगष्टसम्म संचालित रियो २०१६ मा २०६ राष्ट्रका ११ हजार भन्दा बढि खेलाडिहरुको सहभागिता रहेको थियो। ओलम्पक्स २०२० को आयोजना जापान को टोकियोमा हुनेछ।

रियो ओलम्पक्स २०१६ मा सात जना नेपाली खेलाडिहरुले प्रतिस्पर्धा गरेका थिए। १३ बर्षिय नेपाली पौडिबाज गौरिका सिंह रियो ओलम्पिक्समा सहभागी खेलाडिहरु मध्ये सबैभन्दा कम उमेरकी खेलाडि थिईन। नेपाली खेलाडिले रियो २०१६ मा कुनै पदक भने हात पार्न भने सकेनन्।

अमेरिका र यूके अधिक सफल

रियो ओलम्पक्समा सहभागी २०६ राष्ट्रहरु मध्ये अमेरिका र यूके  सर्वाधिक पदक संख्या हात पार्न सफल भएको छ। ४६ स्वर्ण पदक सहित अमेरिकाले जम्मा १२१ पदक जिति पदक तालिकामा पहिलो स्थान, यूकले २७ स्वर्ण सहित जम्मा ६७ पदक जिति दोस्रो स्थान र चीनले २६ स्वर्ण सहित जम्मा ७० पदक जिति तेस्रो स्थान हासिल गर्न सफल भएका छन्। चौंथो र पाँचौं स्थानमा क्रमस: रसिया र जर्मनी रहेका छन्। त्यसैगरी स्विटजरल्याण्डले ३ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ।

Share.

Leave A Reply