१५ चैत २०८०

२७ अगस्ट शनिबार हुने तिज कार्यक्रमको तयारी पुरा

0

गैर-आवसीय नेपाली संघ, स्विट्जरल्याण्डको आयोजनामा यहि २७ अगस्ट शनिबारका दिन हुन गईरहेको तिज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।

नेपाली लोक दोहोरी गीतका चर्चित गायिका शकुन्तला थापाको बेजोड प्रस्तुतिका साथ चेलीबेटीहरुलाई दर खुवाउन एनआरएनए, स्विट्जरल्याण्डले तयारी पुरा गरी सकेको उक्त कार्यक्रममा तपाई सम्पूर्ण स्विट्जरल्याण्डवासी नेपाली तथा स्वीस दिदिबहिनीहरु र दाजुभाईहरुलाई उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन गैर-आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्ड, परिवार हार्दिक अनुरोध गर्दछ।

गत हप्ता अगस्ट १७ तारिख प्रकाशित भएको तिज कार्यक्रमको समाचारमा कार्यक्रम आयोजना हुने दिन २७ गते शनिबार हुनुपर्नेमा २७ गते आईतबार भएकोले यसबाट हुन गएको अन्योल र असुविधा प्रति क्षमा चाहन्छौं।

 

कार्यक्रम सम्वन्धि जानकारी :

 मिति : २७ अगस्त २०१६ शनिबार

समय : दिनको ठिक १५.०० बजे 

स्थान : Züricherstrasse 89, 5432 Neuenhof

 प्रवेश शुल्क : २० फ्रान्क पुरुषका लागि मात्र सहयोग स्वरुप (चेलीवेटी र बच्चाहरुको लागि निशुल्क) साथमा अपेरो, नेपाली खाना र सफ़्ट ड्रिंक निशुल्क 

 

कार्यक्रमको आकर्षण:

गायिका शकुन्तला थापा र नेपाली तिजको गितमा डिजे

 

आवश्यक जानकारीका लागि सम्पर्कः 

सिमा गौतम कार्यक्रम संयोजक : ०७८ ८१९ २७ ३६

शुभा एल्मेर लामा महिला संयोजक : ०७९ ८३२ ७५ ७७

 साथै कार्य समितिका पदाधिकारी तथा सदस्यहरु संग पनि जानकारी लिन सकिन्छ।

 

आयोजकः 

गैर आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड 

Share.

Leave A Reply