०७ वैशाख २०८१

ज्योति मगर र नबिन पौडेलले यूएईमा स्टेज तताउने

0

मान बहादुर के.सी ‘मुस्कान’ यूएई। गैर आवासीय नेपाली संघ ‘एनआरएनए’ रासअलखेमा क्षेत्रीय समिती र अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘ईनास’ रासअलखेमा क्षेत्रीय समितीको सयुक्त आयोजनामा हीन्दु नारीहरुको महान चाँड हरितालिका तीजको अवसर पारेर ‘नेपाली तीज महोत्सव तथा सम्मान साँझ २०७३’ कार्यक्रम गर्ने भएका छन् ।
आउदो ०२ सेप्टेम्बर २०१६ शुक्रबारका दिन रासअलखेमा स्थित मिनिस्ट्री अफ कल्चरको सरकारी थिएटर हलमा हुन गईरहेको सो कार्यक्रममा सहभागी हुनका लागि नेपालबाट चर्चित लोक-दोहोरी गायक नबिन पौडेल, पछिल्लो समय स्टेज कार्यक्रमहरुमा उत्तेजक हर्कत देखाएर आफ्नो पहिरन र जवानीले निकै चर्चित बनेकी सेक्सी गायिका ज्योति मगर र लोक दोहोरी गायिका गंगा धर्ती आउन लागेका छन्, भने पत्रकार मनोज श्रेष्ठ पनि सोही कार्यक्रमका लागि नेपालबाट आउनेछन् । नेपालबाट आउने अतिथी कलाकारहरु सँगै रोजगारीको शिलशिलामा यूएईमा कार्यरत स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुति रहने छ ।
छोटा कपडा लगाएर उत्तेजित हर्कत देखाउदै स्टेजमा प्रस्तुत हुने सेक्सी गायिका ज्योति मगर कार्यक्रममा आउने भए पछि यसपाली रासअलखेमा हंगामा मच्चिने लगभग पक्का भएको छ ।
कार्यक्रम भब्यताका साथ सफल पार्न गत २९ जुलाई २०१६ शुक्रबार दिन बसेको ‘एनआरएनए’ रासअलखेमा र ‘ईनास’ रासअलखेमाको सयुक्त बैठकले ०२ सेप्टेम्बरमा हुन लागेको ‘नेपाली तीज महोत्सव तथा सम्मान साँझ २०७३’ कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा टेवा पुर्‍याई रहेका निम्न संस्था तथा ब्यक्तीहरूलाई सम्मान गरिने अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘ईनास’ यूएईका महासचिब राम तामाङले जानकारी दिएका छन् ।
सम्मान योग्य संस्थामा नेपाली समाज यूएई रहेको छ, जुन नेपाली समुदायमा सबैभन्दा पुरानो तथा पहिलो नेपाली संस्थाका रुपमा परिचित छ ।
कार्यक्रममा पत्रकार मनोज श्रेष्ठलाई द्वन्दग्रस्त सिरियाबाट नेपाली चेलीको उद्धारमा पुर्‍याएको भूमिकाको कदर गर्दै सम्मान गरिने आयोजकले बताएका छन् ।
प्रबाशमा रहेर पनि आफ्नो लोक साँस्कृति देउडा गीतको संरक्षण तथा सम्बर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सुदूर पश्चिम समाजबाट देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’लाई पनि सम्मान गरिने आयोजकले बताएका छन् ।
यूएईमा समस्यामा परेका २९ भन्दा धेरै नेपाली चेलीको उद्दारमा सक्रिय भूमिका निर्वाह गरेकी एनआरएन युएईकी महिला संयोजक कल्पना राईलाई पनि सम्मान गरिने भएको छ ।
प्रबाशमा रहेर पनि गाउँगाउँमा कम्प्युटर शिक्षामा गरेको योगदान पुर्याएकोमा धादिङ समाजबाट भुवन गुरूङलाई पनि सम्मान गर्ने आयोजकले बताएका छन् ।
सुगठित शरीरका कारण दक्षिण एसियाली प्रतियोगितामा भाग लिइसकेका तथा नेपाली खेलकुद विकासमा पुयाएको योगदानको कदर गर्दै झापाली समाजबाट राम दाहाललाई पनि सम्मान गरिने भएको छ ।
‘नेपाली तीज महोत्सव तथा सम्मान साँझ २०७३’ कार्यक्रममा प्रमुख अतिथी नेपाली दूतावासबाट कार्यवाहक राजदूत नेत्र बहादुर टण्डन रहने आयोजकले बताएका छन् । भने विशेष अतिथीहरुमा च्याम्बर अफ कमर्सका निर्देशक डा. अहमद रसेद अल सेमेइली, ‘एनआरएन’ युएईका अध्यक्ष सुदिप कार्की, नेपाली समाज यूएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, समाजसेवी सालिक सुवेदी र युएईमा कृयाशिल अधिकांश नेपाली संघ संस्थाका प्रतिनिधिहरु रहने आयोजक पक्षले जानकारी दिएका छन् ।
मिनिस्ट्री अफ कल्चरको सरकारी थियटर हल रासअलखेमा मा हुने उक्त कार्यक्रममा फुजैराह, सारजहा, अजमान, तथा उम्मअल कुवैनका नेपाली चेलीहरूलाई समाबेश गराउन बिशेष ध्यान दिएको कार्यक्रमका व्यवस्थापक केबिनजंग शाहीले बताएका छन् भने यूएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरु, नेपाली सामाजिक संघ संस्थाहरु, बुद्धिजिबी, समाजसेवी, तथा पत्रकारहरुलाई कार्यक्रम भब्यताका साथ सफल पार्न सहयोग गरी दिनु हुन कार्यक्रम संयोजक राजेन्द्र रोस्याराले हार्दिक अनुरोध गरेका छन् |

rak

Share.

Leave A Reply