०७ वैशाख २०८१

डेनमार्क सम्मेलनबाट महिला उद्यमशीलता र आत्म निर्भरतामा जोड

0

binayaडा. विनय श्रेष्ठ। ३० र ३१ जुलाई २०१६ मा डेनमार्कको कोपेनहागेनमा गैर-आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठक र सातौं यूरोपली क्षेत्रीय महिला सम्मेलन सम्पन्न भयो। यूरोप नेपालका महिलाहरुको आर्थिक आत्म निर्भरता भन्ने नाराका साथ आयोजित महिला सम्मेलनमा गैर-आवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व प्रमुख संरक्षक राम प्रताप थापा, उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त, महासचिव डा. बद्रि केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी, महिला उप-संयोजक रजनि प्रधान, युरोप संयोजक कुल आचार्य, आईसिसि सदस्यहरु, एनसिसिका अध्यक्षहरु लगायतका धेरै अभियन्ताहरुको उपस्थिति थियो। साथै सम्मेलनमा यूरोप क्षेत्रका महिला फोरमका प्रतिनिधिहरुको ठूलो संख्यामा उत्साहजनक उपस्थिति रह्यो। सम्मेलनमा आईसिसि महिला संयोजक र उप-संयोजक लगायत जमुना घले (आसिसि सदस्य, अष्ट्रेलिया), जानकि गुरुङ (आईसिसि सदस्य, बेल्जियम), डा. अलिनि सुबेदि (आईसिसि सदस्य, पोल्याण्ड), संगिता मरहट्टा (आईसिसि सदस्य, यूके), शान्ति सापकोटा (उपाध्यक्ष, एनसिसि लक्जेमवर्ग), जमुना कंडेल (महिला संयोजक, डेनमार्क), कल्पना गौतम (महिला उप-संयोजक, डेनमार्क), निर्माला बजगाई (महिला संयोजक, बेल्जियम), सुनिता थापा (महिला प्रतिनिघि, जर्मनि), शान्ति घले (महिला उप-संयोजक, नेदरल्याण्ड), शुभ एलमर लामा (महिला संयोजक, स्विटजरल्याण्ड), सीता सापकोटा (सह-अध्यक्ष, महिला सशक्त्तीकरण टास्क फोर्स), क्रियटिभ ओमन डेनमार्कका गरिमा घले र विमला भट्टराई र विभिन्न ए‍नसिसिहरु बाट महिला कार्यकर्ता एवं प्रतिनिधिहरुको सक्रिय सहभागिता थियो।

महिला उद्यमशीलतामा प्राथमिकता, सिप विकासमा जोड       

गैर-आवासीय नेपाली संघको विश्वब्यापी सञ्जालसंगै संघको महिला फोरमको सञ्जाल पनि विश्वब्यापी बनेको छ। यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदका महिला फोरमहरुको सक्रियता र वैचारिक सवलिकरण पछिल्ला बर्षहरुमा बृढि हँदै गएको परिप्रेक्ष्यमा सातौं यूरोपेली महिला सम्मेलनलाई विश्वभर कै नेपाली महिलाहरुले चासोसाथ अवलोकन गरिरहेका थिए। हालै सम्पन्न मध्यपूर्वको पाचौं एनआरएनए क्षेत्रीय बैठकमा महिला फोरमले त्यस क्षेत्रका महिला समस्याहरु मानसिक एवं शारीरिक हिंसा, मानव तस्करी र दासता जस्ता समस्याको निधानका छलफल चलाउँदै केहि सार्थक निर्णयहरु गरेको थियो। यूरोपेली महिला सम्मेलनमा भने मूलभूत रुपमा केहि भिन्न विषयहरुले प्रवेश पाएको छ। महिला संयोजक सपिला राजभण्डारीले गैर-आवासीय नेपाली संघलाई संप्रेषण गरेको सम्मेलनको प्रतिवेदनमा यूरोपका नेपाली महिलाहरुले भाषागत ज्ञानको विकास, सिप विकास, आत्म विश्वास बृढि र उद्यमशीलता विकासमा जोड दिएको उल्लेख गेरेकि छिन्। त्यसै अनुसार सम्मेलनले नेपाली महिलाहरुको सिप विकासका लागि तालिमहरु संचालन गर्ने र भाषागत ज्ञानको विकासका लागि संभाब्यता अध्ययन गर्ने निर्णय गरेकोछ। महिलाहरुमा सिप र उद्यमशिलता विकासका माध्यमबाट आर्थिक आत्म निर्भरता विकास गर्न सके मात्र नेपाली महिलाहरुको शिक्षा, स्वास्थ्य, पेशागत क्षेत्रको पहुँचमा बृढि हुने र लैङ्गिक समानता हासिल गर्न टेवा पुग्ने महिला संयोजक सपिला राजभण्डारी बताउँछिन्।

यूरोपमा महिला फोरम सक्रिय, सम्मेलनमा अधिक महिला सहभागिता

गैर-आवासीय नेपाली संघको यूरोप क्षेत्रमा २७ वटा राष्ट्रिय समन्वय परिषदहरु छन्। जसमध्ये २५ वटा परिषदहरुले महिला संयोजक नियुक्त्त गरिसकेको महिला उप-संयोजक रजनि प्रधानले बाताईन्। यूरोप क्षेत्र र बाहिरबाट यस पटकको महिला सम्मेलनमा ७० जना भन्दा बढि महिला ब्यक्त्तित्वहरुको सक्रिय सहभागिता रहेको थियो। सम्मेलनमा महिला फोरम डेनमार्कका संयोजक जमुना कँडेल, स्विटजरल्याण्डका महिला संयोजक शुभ लामा एलमर, बेल्जियमका महिला संयोजक निर्मला बजगाईं, नेदरल्याण्डका महिला उप-संयोजक शान्ति घले र यूके का आईसिसि सदस्य संगिता मरहट्टले आ-आफ्नो देशका महिला फोरमहरुका प्रगति प्रतिवेदन प्रस्तुत गरे। राष्ट्रिय समन्वय परिषदका महिला संयोजकहरूले महिला फोरमद्वारा नेपालमा संचालित “आङखस्ने रोग प्रोजेक्ट” मा गरेको आर्थिक सहयोगका बारेमा बोल्दै “१ यूरो प्रोजेक्ट” लाई अझै विस्तृत बनाउनेमा प्रतिबद्धता ब्यक्त गरे। डेनमार्कमा हालसालै “१ युरो प्रोजेक्ट” सुरु गरिएको र उक्त्त प्रोजेक्टका लागि डेनमार्क महिला फोरमले मनिषा सिंह कोईरालालाई प्रोजेक्ट संयोजकका रुपमा मनोनित गरेको छ।

7th ERWC4

महिला फोरमको परोपकारी कार्य

गैर-आवासीय नेपाली संघको महिला फोरमले महिला हक-हित, लैङ्गिक समानता, महिला सिप विकास र उद्यमशीलताका विषयमा लबिङमात्र गर्ने होईन प्रबास र नेपालमा नेपाली महिलाहरुका लागि विभिन्न परोपकारी योजनाहरु संचालन गर्दै आईरहेको छ। विनाशकारी भूकम्प २०१५ को उद्धार कार्यमा ठूलो संख्यामा गैर-आवासीय नेपाली महिलाहरुले भूकम्प पीडित क्षेत्रमा स्वयं सेविकाका रुपमा काम गरेको र त्यसका लागि उल्लेख्य मात्रमा अर्थ संकलन गरेको विषय महिला अभियन्ताहरुले गर्बका साथ उल्लेख गर्ने गरेका छन्।

सम्मेलनमा आफ्नो मन्तब्य राख्दै महिला उप- संयोजक रजनि प्रधानले महिला फोरमद्वारा संचालित परोपकारी कार्यहरुका लागि “मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य यूरोप टुर” बाट दूई लाख नेपाली रुपैंया प्राप्त भएको बताईन्। त्यैसैगरी महिला फोरमले अशक्त्त युवा योजनाका लागि एक लाख नेपाली रुपैंया प्रदान गर्ने निर्णय गर्दै “एक यूरो प्रोजेक्ट” बाट संकलन हुने अर्थ पनि महिला परोपकारी योजनामा लगानि गर्ने निर्णय गरेको छ।

संयोजक सपिला राजभण्डारीले आङ खस्ने रोग योजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न एनसिसि महिला फोरम, अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषदहरु र गैर-आवासीय नेपाली ब्यक्त्तित्वहरु को आर्थिक सहयोगले संचालित सप्तरीमा सम्पन्न आङ खस्ने रोग शिविरको नेपाली रुपैंया तीनलाख साठि हजार, कैलालीमा सम्पन्न शिविरको नौ लाख चालिस हजार, कन्चनपुरमा सम्पन्न शिविरको दश लाख साठि हजार, दैलेखको शिविरको बाह्र लाख सोह्र हजार लागत खर्च रहेको बताईन्। ति शिविरहरु बाट लगभग १२०० नेपाली महिलाहरु लाभान्वित भएका थिए भने २२० महिलाहरूको ति शिविरहरुमा शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका मध्ये ९० जनाको खर्च महिला फोरम अष्ट्रेलियाले उपलब्ध गराएको, उनले बताईन्।  साथै, उनले भूकम्प पीडित महिलाहरुका लागि सिन्धुपाल्चोकमा नेपाली रुपैंया तीन लाख अठ्ठाईस हजार, मकवानपुरमा नेपाली रुपैंया एक लाख पचहत्तर र सोलुखुम्बुमा नेपाली रुपैंया तीन लाख सैंतीस हजारको लत्ताकपडा वितरण गरको जानकारी दिईन। सिन्धुपाल्चोक, मकवानपुर र सोलुखुम्बुमा गरी लगभग १३०० महिलाहरुलाई लत्ताकपडा वितरण गरिको राजभण्डारी बताउँछिन्।

7th ERWC1

निचोड

समग्रमा सातौं यूरोपेली महिला सम्मेलन यूरोप क्षेत्रका नेपाली महिलाहरुको सरोकारका विषयहरुमा छलफल चलाएर केहि सार्थक निर्णयहरु लिन सफल रहेको महिला अभियन्ता एवं प्रतिनिधिहरु बताउँछन्।  महिला फोरमको सक्रियता, विकासक्रम र गतिशीलता हेर्दा यसले भविष्यमा महिला परोपकारी योजना र लैंगिक समानताको लबिङका लागि आफ्नो विशेषज्ञता बृढि गर्दै यस क्षेत्रमा प्रभावकारी काम गर्ने विश्वास गर्न सकिन्छ।

सम्मेलनको समापन पश्चात प्रकाशित बैठक र सम्मेलनको घोषणा-पत्रमा गैर-आवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउन थप प्रयास गरिनु पर्ने निश्कर्ष सहित महिलाहरु बीचको सम्पर्क विस्तार  गर्दै महिलाहरुको पक्षमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त्त गरिएको छ। साथै, यूरोप क्षेत्रमा बसोबास गरिरहेका युवा तथा महिलाहरुको उद्यमशीलता विकास तथा संयुक्त्त लगानीका परियोजनाहरु संचालन गर्ने निर्णय गरेकोछ।

(लेखक गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य र पेशाले स्विटजरल्याण्डमा कार्यरत एक ‍र्‍याडियसन अंकोलोजिष्ट हुन्।)

Share.

Leave A Reply