१५ चैत २०८०

रामकृष्ण ढकालले भावनामा डुबाए, हिमाल सागरले स्विट्जरल्याण्ड नचाए

0

६ अगष्ट २०१६, स्विट्जरल्याण्ड। “ओराली लागेको हरिणको चाल भो, बाचुन्जेल सम्म पनि मरेकै हाल भो, छल ग-यो मायाले…” बोलको गीत रामकृष्ण ढकालले गाउँदै गर्दा स्विट्जरल्याण्डको उष्टर शहरको युवा केन्द्रको कार्यक्रम कक्षमा उपस्थित श्रोताहरु भावनामा बहकिए। त्यस्तै “बाचा गर्नेको बाचा बन्धन पनि देखियो, माया गर्नेको चोखो माया पनि देखियो…” बोलको गीतले सबैलाई धोकाको पीडामा डुबायो। उनका प्रत्येक प्रस्तुतीले दर्शक गणको हृदय स्पर्स गर्यो। ढकालका गीतहरुमा श्रोताहरुले आफ्नै कथा, पीडा र माया भेटे जस्तो देखिन्थ्यो। युवा एवं पाका सबैले उनिसंगै गीत गाउँदै कार्यक्रमको मजा लिए। स्विटजरल्याण्डबासी तेम्पा गुरूङको नेतृत्व र रोधि साँझ समुहको सहकार्यमा आयोजना गरिएको उक्त्त साँस्कृतिक साँझमा अर्का गायक हिमाल सागरले सुमधुर गीतहरु प्रस्तुत गर्दै सबैलाई नचाए। स्विटजरल्याण्डका स्थानिय कलाकारहरु गौरी गुभाजु, शर्मिला मगर, राजेन्द्र भण्डारी, मोनिका गुभाजु र छिरिङ गुरुङले कार्यक्रममा आकर्षक नृत्यहरु प्रस्तुत गरे। कार्यक्रमको दोश्रो सत्रमा डिजे सांगीतिक डिस्को समेत आयोजना गरिएको थियो। तेमपा गुरूङ द्वारा उद्घोषित कार्यक्रममा स्विटजरल्याण्डका विभिन्न संघ-संस्था र क्षेत्रका ब्यक्त्तित्वहरुको सहभागिता रहेको थियो।

_DSC0116

रामकृष्ण ढकाल

रामकृष्ण ढकाल नेपालका एक लोकप्रिय एवं ख्यातिप्राप्त गायक हुन्। सन १९७४ मा निम्न आयस्तर भएको परिवारमा जन्मिएका ढकाल बाल्यकालदेखि नै सांगीतिक यात्रामा सक्रिय छन्। सात बर्षको उमेरदेखि नै उनले विभिन्न स्थापित गायकहरुका गीतहरु गाउँ-बजारमा गाउन थालेका हुन्। उनको गायन प्रतिभाबाट प्रभावित ब्यक्त्तित्वको सहयोगमा सन १९८६ मा १२ बर्षकै उमेरमा काठमाण्डौं आएदेखि गीत-संगीत क्षेत्रमा सक्रिय ढकाल नेपाली सांगीतिक नक्षेत्रका एक तारा हुन्। लगभग ३० बर्षको सांगीतिक यात्राका क्रममा उनले आधुनिक, पप र प्लेब्याक गरी १००० भन्दा बढि गीतहरुमा आफ्नो सुमधुर स्वर दिएका छन् भने १० भन्दा बढि म्युजिक एल्बम बजारमा ल्याईसकेका छन्। उनका गीतका शब्दहरु भाषागतरुपमा उच्च गुणस्तरका छन्। माया, प्रेम, मिलन, बिछोडका भावनाहरू नै उनका गीतहरुको केन्द्रमा रहेको भेटिन्छ। मेलोडिपूर्ण गीतका भावनाहरुलाई न्याय दिनसक्ने उनको स्वरका कारण उनलाई स्वरसम्राट स्व. नारायण गोपालको सांगीतिक उत्तराधिकारीको रुपमा पनि लिईन्छ। सुमधुर स्वरका धनि गायक ढकालले “प्रबल गोर्खा दक्षिण बाहु” लगायत विभिन्न सम्मान र पुरस्कारहरु प्राप्त गरेका छन्।

_DSC0204

हिमाल सागर

हिमाल सागर प्रतिभाशाली एवं स्थापित नेपाली युवा गायक  हुन्। उनले ३०० भन्दा बढि नेपाली गीतहरूमा आफ्नो सुमधुर स्वर दिईसकेका छन्। नेपाली गीत-संगीतको क्षेत्रमा उनको योगदानको कदर स्वरूप उनलाई विभिन्न पुरस्कार र उपाधिहरु  प्रदान गरिएको छ। समधुर स्वरका धनि हिमालका स्वरमा विविधता र गीतका शब्दहरुमा रोमान्चकता र युवाहरुको भावना पाईन्छ।

_DSC0123 _DSC0303 _DSC0326 _DSC0336 _DSC0282 _DSC0354 _DSC0383 _DSC0343 _DSC0270 _DSC0342 _DSC0341 _DSC0003 _DSC0070

Share.

Leave A Reply