१३ वैशाख २०८१

ओलम्पिक खेल २०१६ को रियोमा उद्धाटन

0

६ अगष्ट २०१६, स्विटजरल्याण्ड। ओलम्पिक खेल २०१६ को रियो द जेनेरियो, ब्राजिलमा ५ अगष्ट २०१६ मा एक रंगीन एवं सनसनीपूर्ण कार्यक्रमबीच उद्धाटन भयो। कार्यक्रममा ब्राजिलको ईतिहास र प्राकृतिक सौन्दर्यको वर्णन झल्किन्थ्यो। उद्धाटन सत्रको टेलिभिजन प्रत्यक्ष प्रसारण विश्वभरका तीन अरब दर्शकहरुले हेरेको अनुमान गरिएको छ। ५ देखि २१ अगष्टसम्म चल्ने उक्त्त प्रतियोगितामा २०६ राष्ट्रका ११ हजार भन्दा बढि खेलाडिहरुको सहभागिता रहने छ।

सात नेपाली खेलाडिहरुले रियोमा प्रतिस्पर्धा गर्ने, गौरिका सिंह सबैभन्दा कम उमेरकी खेलाडि

02-gaurika-singh

रियो ओलम्पक्स २०१६ मा सात जना नेपाली खेलाडिहरुले प्रतिस्पर्धा गर्नेछन्। फुपूल्हामु खत्री (जुडो), निशा रावल (तेक्वान्दो), जितबहादुर मोक्त्तान (आर्चरि), गौरिका सिंह (पौडि), शिरीष गुरूङ (पौडि), सरस्वती भट्टराई (एथलेटिक्स) र हरिकुमार रिमाल (एथलेटिक्स) ले प्रतियोगितमा भाग लिनेछन्। १३ बर्षिय नेपाली पौडिबाज गौरिका सिंह रियो ओलम्पिक्समा सहभागी खेलाडिहरु मध्ये सबैभन्दा कम उमेरकी खेलाडि हुन्।

16080646JJGGF

Share.

Leave A Reply