१२ वैशाख २०८१

शेष घलेलाई जुरीखमा भब्य स्वागत

0

२३ जुलाई २०१६, स्विटजरल्याण्ड। गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डले २४ जुलाईमा जुरीख शहरमा आयोजना गर्ने गैरआवासिय नेपाली संघका वर्तमान चुनौति र अवसरहरुका पृष्टभूमिमा भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणमा संघको उत्तरदायित्व विषयक अन्तरक्रियाका लागि संघको अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले आज जुरीखमा आईपुगेका छन्। उनको आगमनमा जुरीख अन्तर्राष्ट्रिय विमान स्थलमा आईसिसि सदस्य डा. विनय श्रेष्ठ, गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरूङ, स्वीस नेपाली भूकम्प पीडित आभियानका संयोजक पितम गुरुङ, जुरीख नेपाली स्पोर्टस् क्लबका अध्यक्ष देव राई, गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डका प्रवक्ता सन्तोष राई, युवा संयोजक अर्जुन बस्ताकोटी, कमल भट्ट, मनीराम तमाङ लगाएतका स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले खादा लगाई हार्दिकताका साथ स्वागत गरे। अध्यक्ष घले २१ – २२ जुलाईमा कतारमा आयोजित एनआरएनए मध्यपूर्वको पाँचौं क्षेत्रिय बैठकमा सहभागी बनि ९औं एनआरएनए यूरोपेली क्षेत्रिय बैठकको पूर्वसन्ध्यामा सोझै यूरोप भ्रमणमा निस्किएका हुन्। घले आज स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुसंग को बैठकहरुमा ब्यस्त रहेने छन्।  उपाध्यक्ष कुमार पन्त गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डको अन्तरक्रिया कार्यक्रमका लागि भोलि स्विटजरल्याण्ड आईपुग्ने छन्।

शेष घले स्विट्जरल्याण्डमा

Share.

Leave A Reply