१३ वैशाख २०८१

नेपालीनेपाली डट कमको दोस्रो बार्षिकोत्सव समारोह भब्य रुपमा सम्पन्न

0

११ जुलाई २०१६, बार्सिलोना। यूरोपबाट संचालित नेपाली ई-मिडिया नेपालीनेपाली डट कमको दोस्रो बार्षिकोत्सव समारोह गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न भयो। विशेष अतिथिहरु सहित प्रमुख अतिथि पन्तले मैनबत्ति प्रज्वलन गरी कार्यक्रमको उदधाटन गरेका थिए। अतिथिहरुको स्वागत कार्यक्रम पश्चात नेपाली पाठशालाका बाल-बालिकाहरुले दर्शकहरुको स्वागतका लागि नेपाली राष्ट्रिय गान र नृत्य प्रस्तुत गरे। कार्यक्रममा नेपालीनेपाली डट कमले विगतको एक बर्षमा प्रकाशित समाचार, लेख-रचनाहरु विषयक वृतचित्र प्रस्तुत गरिएको थियो। जसमा सर्वाधिक मनपाराईएका लेख-रचना र समाचारहरु संलग्न गरिएको थियो। त्यसैगरी स्पेनका संध-संस्थाहरुको प्रतिनिधिहरुको शुभकामना र पाठकहरुको प्रतिक्रिया संकलित भिडियो पनि प्रदर्शन गरियो। संघ-संस्थाका प्रतिनिधि एवं पाठकहरुले नेपालीनेपाली डट कमको दोस्रो बार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामान ब्यक्त्त गर्दै उत्तरोउत्तर प्रगतिको कामना गरेका थिए। नेपालीनेपाली डट कमका प्रधान सम्पादक बसन्त रानाभाटद्वारा संचालित कार्यक्रममा नेपाली स्रष्टा एवं नेपाली ब्यक्तित्वहरुकलाई विविध क्षेत्रमा पु-याउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै कदर-पत्र प्रदान गरियो।

_DSC0002

नेपाली ब्यक्तित्वहरु सम्मानित

कार्यक्रमको ज्यादै रोजक र महत्वपूर्ण भागको रुपमा नेपाली ब्यक्तित्वहरुको सम्मान गर्ने कार्यक्रम रह्यो। सम्मान कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख एवं बरीष्ठ पत्रकार खगेन्द्र नेपालीलाई नेपाली पत्रकारिता क्षेत्रमा उँहाको योगदानका लागि एक कदर-पत्र प्रदान गर्दे सम्मान गरियो। नेपाली बीबीसी नेपाली सेवामा २७ बर्षको सेवा अवधि पश्चात सन २००६ मा सेवानिवृत्त भएका थिए। सेवानिवृत्त भए पश्चात पनि उनि अडियो पुस्तकका माध्यमबाट नेपाली भाषा-साहित्य क्षेत्रमा सक्रिय छन्। उनले डायमण्ड शम्शेर रानाको सेतो बाध, विपी कोईरालाको आत्मवृतान्त, झमक घिमिरेको जीवन काँडा कि फूल र रमेश विकलको अविरल बग्दछ ईन्द्रावतिलाई अडियो पुस्तकका रुपमा प्रकाशित गरी सकेका छन्।

त्यसैगरी यूकेका सफल ब्यवशायी एवं गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय परिषदका यूरोप क्षेत्रका संयोजक कुल आचार्यलाई यूरोप क्षेत्रमा रहेर नेपाल र नेपालीहरुकालागि गर्नु भएको परोपकारी कार्यको उच्च मुल्याङकन गर्दै कदर-पत्र सहित सम्मान गरियो। गैर-आवासिय नेपाली संघ युकेका भुतपूर्व आध्यक्ष र आसिसि सदस्य कुल आचार्य निम्न आर्थिक आवस्थाको पारिवारिक पृष्ठभूमिबाट यूरोप आएरपनि ब्यवशायीक रुपमा सफल नेपाली हुन्। उनको यूकेमा होलि काउ नामक रेष्टुरन्टहरुको एक सञ्जान नै छ।

सम्मान कार्यक्रममा बार्सिलोनाबासी नेपाली बासुरी बादक विनोद कटुवाललाई यूरोपमा नेपाली संगीतको क्षेत्रमा पुर्याउनु भएको योगदानका लागि कदर-पत्र सहित सम्मान गरियो। कदर-पत्र ग्रहण पश्चात कटुवालले बासुरिका मनोरम नेपाली धुनहरु प्रस्तुत गरे। उनको संगीतले दर्शकदिर्धालाई मन्त्रमुग्ध पार्यो।

सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथि कुमार पन्तले विशेष अतिथि एवं अतिथिहरु सहित कदर-पत्र र दोसल्ला ओढाएर सम्मानित गरे।

_DSC0239 _DSC0093

नेपाल भ्रमणका लागि सुरक्षित मात्र होईन सुन्दर पनि छ।

नेपालीनेपाली डट कमले आफ्नो दोस्रो बार्षिकोत्सव “नेपाल भ्रमणका लागि सुरक्षित छ” भन्ने नाराका साथ मनाएको छ। यस अबसरमा नेपालको पर्यटन प्रवर्धनका लागि एक छुट्टै कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा नेपालको पर्यटन प्रवर्धनका लागि बसन्त रानाभाट र डा. विनय श्रेष्ठको लेखन, हिरालाल श्रेष्ठको भिडियो सम्पादन र आशा स्टुकिको स्वरमा अंग्रेजि भाषामा तयार परिएको “Nepal is Safe to Visit” शिर्षकको वृतचित्र प्रस्तुत गरिएको थियो। नेपालको पर्यटन प्रवर्धन कार्यक्रममा बोल्दै स्पेनका लागि नेपाली वाणिज्यदूत लुईस बेल्भिसले आफुले ११६ पटक नेपालको भ्रमण गरेको चर्चा गर्दै नेपाल भ्रमणका लागि सुरक्षित रहेको बताए। त्यसैगरी फेमिलिया हेटौडाका अध्यक्ष स्पेनिश नागरिक आईना बार्काले नेपाल भ्रमणका लागि सुरक्षित मात्र नभई भ्रमणका लागि सुन्दर पनि रहेको बताईन। कार्यक्रममा नेपाल भ्रमण गरिहेका पर्यटकहरुको नेपाल सुरक्षित छ भन्ने विचार सहितको भिडियो प्रस्तुति प्रभावकारी रह्यो। अंग्रेजी भाषामा संचालित उक्त कार्यक्रमको संचालन समी गुरुङले रोचक ढंगले गरेकी थिईन्। कार्यक्रम नेपालको पर्यटन प्रवर्धनमा वास्तवमै सफल रह्यो।

नेपालीनेपाली डट कम संग सहकार्य गर्ने: उपाध्यक्ष कुमार पन्त

कार्यक्रमको प्रमुख अतिथि गैर-आवासिय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो मन्तब्यका क्रममा नेपालीनेपाली डट कम संघ गैर-आवासिय नेपालीहरुको चासोका विषयमा सहकार्य गर्ने बताए। उपाध्यक्ष पन्तले दुई बर्षकै अवधिमा नेपालीनेपाली डट कमले उच्च सफलता हासिल गरेको बताउँदै, “केहि बर्षमै यो मिडिया सबै नेपालीहरुले हरेक बिहान कफि लिनु अधि खोल्ने र पढ्ने मिडिया बनोस्” भनि शुभकामना ब्यक्त गरे। महिला संयोजक सपिला राजभण्डारीले नेपालीनेपाली डट कमले महिला हितका पक्षमा सशक्त्त रुपमा कलम चलाएको चर्चा गर्दै महिला सम्बन्धि कतिपय समस्याहरु नेपालीनेपाली डट कमको माध्यमबाट जानकारी प्राप्त गरेको बताईन्। महिला सह-संयोजक रजनी प्रधानले नेपालीनेपाली डट कमले गैर-आवासिय नेपाली संघको अभियानलाई समाचार सम्प्रेषणका माध्यमबाट ठूलो सहयोग गरेको बताईन्। गैर-आवासिय नेपाली संघका सदस्य द्वय एकराज गिरी र डा. विनय श्रेष्ठले पनि कार्यक्रममा शुभकामना मन्तब्य बयक्त गरे।   त्यसैगरी स्विटजरल्याण्डका युवा संयोजक अर्जुन बस्ताकोटीले गैर-आवासिय नेपाली संघ स्विटजरल्याण्डको तर्फबाट शुभकामना मनतब्य दिए।

_DSC0027 _DSC0124 _DSC0043

ब्यापक सहभागिता             

नेपालीनेपाली डट कमको दोस्रो बार्षिकोत्सव समारोहमा गैरआवासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, स्पेनका लागि नेपाली अबैतनिक वाणिज्यदूत लुईस बेल्भिस, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, एनआरएनए आईसिसिका महिला संयोजक सपिला राजभण्डारी, सह-संयोजक रजनी प्रधान, यूरोप संयोजक कुल आचार्य, आईसिसि सदस्य एकराज गिरी, डा. विनय श्रेष्ठ, नेपाल पत्रकार महासंघ, यूरोप शाखाका सचिव हिरालाल श्रेष्ठ, स्विटजरल्याण्डका यूवा संयोजक अर्जुन बस्ताकोटी, नेपालस्वीस डट कमका जंगम खड्का को पनि कार्यक्रममा उपस्थिति रह्यो। स्पेनबाट गैर-आवासिय नेपाली संघ स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङ, पूर्व आईसिसि सदस्य दिपक खरेल, जन-सम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे, नेपाली प्रवासि मञ्चका अध्यक्ष दिनेश गुरूङ, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष गंगा प्रसाद भुसाल, तमु समाजका अध्यक्ष ज्योति गुरूङ, नेपाली वेभ यूरोप संयोजक भोला लामिछाने, स्पेन खबर डट कमका राजेन्द्र कँडेल र फेमिलिया हेटौडाका अध्यक्ष स्पेनिश नागरिक आईना बार्का कार्यक्रममा उपस्थित थिए। कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य दिपक क्षेत्रीले गरेका थिए।

सुभाष सुन्दास र रामु परियारको लाईभ सांगीतिक कार्यक्रम

स्विटजरल्याण्डका चर्चित गायक सुभाष सुन्दास, संगीतकार रामु परियार र स्पेनका बाद्धबादकहरु बिपिन गुरुङ, संजय विक्रम शाह, साथै गायिका समी गुरुङ र गायक विष्णु रानाभाटले लाईभ सांगीतिक कार्यक्रम प्रस्तुत गरे। गायक सुन्दास आफ्नो डेब्यु म्युजिक एल्बम “उडन देउ” बाट यूरोपको नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक हुन्। संगीतकार रामु परियारको स्विटजरल्याण्ड बसाई एक बर्षमात्र भएपनि छोटो समयमा नै संगीतिक क्षेत्रमा स्थापित हुन सफल छन्। सुन्दास र परियारको जोडिले दर्शकहरुलाई थाक्ने गरी नचाए।

त्यसैगरी कार्यक्रमको बीच स्पेनका स्थानिय कलाकार सुमित्रा घिमिरे-सापकोटाले नेपाली लोक गीतहरु प्रस्तुत गरी सबैलाई नचाईन्। स्पेनकै युवा कलाकारहरु सुस्मिता गिरी, दिब्या भण्डारी र सोनिया खत्रीले नेपाली आकर्षक नृत्यहरु प्रस्तुत गर।_DSC0014_DSC0509

Share.

Leave A Reply