१३ वैशाख २०८१

पोर्चुगल युरो कप २०१६ विजेता

0

१० जुलाई २०१६, बार्सिलोना। पोर्चुगलको राष्ट्रिय टिमले आफ्नो सुपरस्टार खेलाडि क्रिष्टियानो रोनाल्डोलाई खेल सुरुभएको केहि समयमा नै गुमाएपनि पोर्चुगल युरो कप २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको छ। यो पोर्चुलगले जितेको पहिलो युरो कप  उपाधि हो। खेलको नियमित समयमा दुवै टिमले कुनै गोल गर्न सकेनन्। खेलको अतिरिक्त समयमा एडरले १०९औं मिनेटमा करिब २५ यार्डबाट हानेको गोलले फ्रान्सेली टोलीलाई १-० ले पराजित गर्दै पोर्चुगल युरो कप २०१६ को विजेता बनेको हो।

पोर्चुगलका स्टार खेलाडि एवं कप्टान क्रिष्टियानो रोनाल्डो २४ औं मिनेटमा घुँडामा लागेको चोटका कारण खेलबाट बाहिरिएका थिए। यसपालीको युरो कपमा पोर्चुगलले समूह चरणका कुनैपनि खेल नजिति सबै खेल बराबरीमा खेलेको थियो। समूह चरणका तेस्रो स्थानमा रहेका टिमहरु मध्ये एक उत्कृष्ट टिमको रुपमा पोर्चुगल नकआउट चरणमा पुगेको भएपनि एकपछि अर्को खेलमा सुधार गरेको पोर्चुगलले फ्रान्सलाई हराएर उक्त उपाधि हासिल गरेको छ।

PHOTO / PHILIPPE LOPEZ

PHOTO / PHILIPPE LOPEZ

 

Share.

Leave A Reply