०८ वैशाख २०८१

तेस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता आरम्भ हुँदै

0

२६ जुन २०१६, स्विटजरल्याण्ड। जुरीख नेपाल स्पोर्ट क्लबले आज संचालन गर्ने तेस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता बुखहोल्ज स्पोर्टआनलागे, उस्टरमा सुरू हुनै लागेको छ। प्रतियोगितामा भाग लिन स्विटजरल्याण्डका विभिन्न शहर र कान्टोनहरुबाट ५ वटा टिमहरु खेल मैदानमा जम्मा भएका छन्। यस पटक प्रतियोगितालाई मनोरञ्जनात्मक र प्रभावकारी बनाउन क्लबले नेपाली बालबालिकाहरुको लागि फुटबल र महिलाहरुका लागि डोरी तान्ने खेल समेत सनावेश गरी प्रतियोगिता आयोजना गर्दैछ।

आजको प्रतियोगिताका सहभागि टिमहरु:

१. जुरिख नेपाल स्पोर्ट क्लब, जुरीख

२. नेपाली फुटबल टिम, सारगान्स

३. फुटबल टिम, गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्विटजरल्याण्ड

४. नेपाल वान फुटबल टिम, स्विटजरल्याण्ड

५. सगरमाथा फुटबल टिम, जुरीख

Share.

Leave A Reply