०४ वैशाख २०८१

संयुक्त्त अधिराज्यको यूरोपियन युनियनबाट बहिर्गमनको निर्णय

0

२५ जुन २०१६, स्विटजरल्याण्ड। संयुक्त्त अधिराज्यका नागरिकहरुले यूरोपियन युनियनबाट अलग हुने पक्षमा मतदान गरेका छन्। २३ जुन २०१६ मा संयुक्त्त अधिराज्यमा सम्पन्न यूरोपियन युनियनको सदस्यताको निरन्तरता वा बहिर्गमन बिषयक ऐतिहासिक जनमत संग्रहमा ब्रिटिस नागरिकहरुले बहिर्गमनको पक्षमा निर्णय गरेका हुन्। मताधिकार प्राप्त जनसंख्याको ७२ प्रतिशतले मतदान गरेको उक्त्त जनमत संग्रहमा ५१.९ प्रतिसतले  बहिर्गमन र ४८.१ प्रतिशतले निरन्तरताको पक्षमा मतदान गरे। बहिर्गमन पक्षधरहरूले निर्वाचन दिनलाई “संयक्त्त अधिराज्यको स्वतन्त्रता दिवस” भएको बताएका छन् भने पराजित पक्षले यसलाई दुखदायी दिनका रुपमा चित्रण गरका छन्।

डेभिड क्यामरनको राजिनामा

संयुक्त्त अधिराज्यका प्रधानमन्त्री डेभिड क्यामरनले देशभित्रको दक्षिणपन्थि राजनीतिक विकास र प्रभावलाई न्युनिकरण गर्दै यूरोपियन युनियनसंगको सहकार्यका संबन्धमा राष्ट्रिय एकतामा बृढि हेतु उक्त जनमत संग्रहको घोषणा गरेका थिए। संयुक्त्त अधिराज्य यूरोपियन युनियनमा रहनु पर्छ भन्ने पक्षमा सशक्त तबरले लागेका उनि यस जनमत संग्रहमा नराम्ररी पराजित भएका छन्। निर्वाचन परिणाम घोषणा पश्चात उनले नयाँ परिस्थितिमा नयाँ नेतृत्वको खाँचो परेको बताउँदै आउँदो अक्टोबर अधिनै प्रधानन्त्रीको पदबाट राजिनामा दिने बताएका छन्। उनका अनुसार बहिर्गमनको प्रकृयालाई नयाँ प्रधानमन्त्रीले अधि बढाउने छन्। तर यूरोपियन युनियनले भने उक्त्त प्रकृया जतिसक्दो सिघ्र आरम्भ गर्नु पर्ने बताएको छ। बहिर्गमनको प्रकृया पुरा हुन लगभग दुई बर्ष लाग्ने जानकारहरूले बताएका छन्।    

स्वीस र विश्वब्यापी राजनीति र अर्ततन्त्रमा पर्ने प्रभाव

मतदानको परिणामले यूरोपियन युनियनको राजनीतिक भविष्य र विश्वब्यापी अर्थतन्त्रमा पार्ने प्रभावका संबन्धमा विभिन्न अडकलबाजिहरू प्रकाशमा आएका छन्।  निर्वाचन परिणामको घोषणा पश्चात नेदरल्याण्डस् र फ्रान्सका दक्षिणपन्थिहरुले पनि आ-आफ्नो देशमा यसप्रकारको जनमत संग्रहको माग गरेका छन्। केहि विश्लेषकहरूले संयुक्त्त अधिराज्यको बहिर्गमनलाई यूरोपियन युनियनको पतनको सुरुवातको भनि टिप्पणी पनि गरेका छन्। विश्वब्यापी अर्थतन्त्रमा संयुक्त्त अधिराज्यको बहिर्गमनले नकारात्मक प्रभाव पार्ने बताईन्छ। यस बहिर्गमनको प्रभाव भविष्यले अवश्य देखाउने नै छ।

स्विटजरल्याण्डका परराष्ट्रमन्त्रीले ब्रिटिस जनमत संग्रहको नतिजाले स्विटजरल्याण्डको यूरोपियन युनियन र संयुक्त्त अधिराज्यसंगको सम्बन्धमा तत्काल कुनै परिवर्तन नआउने बताएका छन्। त्यसैगरी स्विटजरल्याण्डका संघिय सरकारका राष्ट्रपतिले स्विटजरल्याण्डको यूरोपियन युनियनसंगको वार्ता सहज नहुने बताएका छन्। स्विटजरल्याण्ड यूरोपियन युनियनमा सदस्य छैन र यूरोपियन नागरिकहरुको स्विटजरल्याण्डमा हुने खुल्ला आवतजावतका सम्बन्धमा महिनौंदेखि वार्तामा छ। स्विटजरल्याण्ड यूरोपियन युनियनबाट स्विटजरल्याण्ड कामका लागि आउनेहरुको संख्यामा कोटा प्रणाली अपनाउन चाहन्छ।

मताधिकार प्राप्त बहुसंख्यक नेपालीहरू बाट बहिर्गमनको पक्षमा मतदान?

संयुक्त्त अधिराज्यमा बसोबास गर्ने मताधिकार प्राप्त नेपालीहरुको ठूलो हिस्साले बहिर्गमनको पक्षमा मतदान गरेको हुन सक्ने अडकल काटिन्छ। यसलाई वैज्ञानिक रुपमा पुष्टि गर्ने कुनै आधार नभए पनि निर्वाचन पूर्व र पश्चात सामाजिक सञ्जालहरुमा देखिएका कमेन्टहरूले त्यस तर्फ संकेत गर्दछ। बहिर्गमन पश्चात संयुक्त्त अधिराज्यमा विदेशिहरुको आगमन न्युन हुने र अन्तत: त्यसले संयुक्त्त अधिराज्यमा बसोबास गर्ने नेपालीहरु लाई लाभ पु-याउने बहिर्गमन पक्षका नेपालीहरुको विश्लेषण रहेको सामाजिक सञ्जालका कमेन्टहरुमा देखिने गरेको छ।

PA

PA

Reuters

Reuters

Rob Stothard PA

Rob Stothard PA

Share.

Leave A Reply