१५ चैत २०८०

हजारे अभियानलाई अगाडि बढाउन एनआरएनए र कर्मचारी सञ्चयकोष बीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न

0

 

Mou1

प्रवासी नेपालीहरुलाई पनि सञ्चय कोषमा आवद्ध गर्ने हजारे अभियानलाई संयुक्त रुपमा अगाडि बढाउनका लागि गैर आवासीय नेपाली संघ एनआरएनए र कर्मचारी सञ्चय कोषका बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार राजधानीको पुल्चोकमा अवस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच संघका अध्यक्ष शेष घले र कोषका प्रमुख प्रशासक कृष्ण प्रसाद आचार्यले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेर हजारे अभियानलाई औपचारिक रुपमा अगाडि बढाएका हुन् ।

Mou2 Mou3

शुक्रबार सम्पन्न उक्त सम्झौता पश्चात् एनआरएनएले आफ्नो सातौं विश्व सम्मेलनद्वारा पारित गरी कार्यदल नै बनाएरु अगाडि बढाएको हजारे अभियान अब औपचारिक रुपमा  कार्यान्वयनको दिशा तर्फ उन्मुख भएको अभियानकर्ताहरुले बताएका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई उनीहरुकौ आम्दानीको केही हिस्सा सञ्चय गर्न अभिप्रेरित गर्दै सञ्चय कोषमा आवद्ध गराउने र सोही अभियान मार्फत उनीहरुको सामाजिक सुरक्षाको प्रत्याभूति गराउने दिशामा अगाडि बढेका संघ र कोष बीच सम्पन्न सम्झौता पत्रमा भनिएको छ :

Mou8 Mou9

प्रस्तावित कर्मचारी सञ्चय कोष ऐन, २०१९ मा संशोधन भएपश्चात् वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपाली कामदार कर्मचारीहरुलाई कोषबाट सामाजिक सुरक्षण सुविधा प्रदान गर्ने प्रक्रिया निरुपण गर्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदल, अध्ययन समूह वा समिति उपसमितिमा संघका प्रतिनिधि समेत समावेश गराई संयुक्त रुपमा अध्ययन गर्ने व्यवस्था मिलाइने छ ।

संघले वैदेशिक रोजगारीमा रहेका कामदार कर्मचारीहरुको सामाजिक सुरक्षण सम्बन्धी विषयमा गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, अन्तरक्रिया, छलफल तथा अन्य कार्यक्रमहरुमा कोषलाई सहभागी गराउने छ र कोष मार्फत गराउन सकिने विषयको बजारिकरण गर्ने व्यवस्था मिलाउने छ ।

संघले गर्ने वैदेशिक रोजगारीमा रहेका कामदार कर्मचारीहरुको सामाजिक सुरक्षण सम्बन्धी कार्यक्रमहरुमा कोषले सो सम्बन्धी सूचना तथा जानकारीहरु आवश्यकता अनुसार उपलब्ध गराउने छ र सो विषयमा प्रस्तुतिकरण समेत गर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका कामदार कर्मचारीहरुको कोषकट्टी रकम कोषमा ल्याउने प्रक्रृया निरुपण गर्न संघ र संघ अन्तर्गतका अन्य निकायहरुबाट कोषले आवश्यकता अनुसार सहयोग प्राप्त गर्नेछ ।

समझदारीपत्र कार्यान्वयनका लागि कोष र संघबाट आफू अधिनका सम्बन्धित सबै निकायहरुलाई जानकारी गराई कार्यान्वयनको व्यवस्था मिलाइने छ ।

समझदारीपत्र कार्यान्वयनको सिलसिलामा कुनै पक्षलाई द्विविधा भएमा एक आपसमा छलफल गरी द्विविधाको निराकरण गरिने छ ।

सम्झौतापत्रमा हस्ताक्षर पश्चात् संघका अध्यक्ष घलेले हजारे अभियान एक ऐतिहासिक, दूरदर्शिता र अत्यन्त जरुरी आवश्यकताका साथ अगाडि बढेको अभियान भएकाले संघ र कोषबीच सम्पन्न सम्झौतालाई केबल सम्झौतामा मात्र सिमित नगरी टुंगोमा पुर्याउनु पर्ने जिम्मेवारी अब दुबै पक्षको काँधमा थपिएको बताए । साथै संघले कोषलाई हरदम साथ दिंदै यस अभियानलाई सँगै लिएर जाने र हजारे अभियानलाई सफल पार्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी कोषका प्रशासक आचार्यले कोषले अगाडि सारेको वैदेशिक रोजगारीमा संलग्नलाई कोषमा समावेश गराउँदै सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने परिकल्पना अन्तर्गत कर्मचारी सञ्चय कोष अन्तर्गत छुट्टै कोष बनाएर अगाडि बढ्ने सोचलाई एनआरएनएको साथले अझ प्रभावकारी ढंगले अगाडि बढाउन सम्झौता कोषे ढुंगा सावित भएको बताउँदै यी दुई संस्थाको सोच एकै भएकाले नै दुबै अभियानलाई एकै ठाउँमा राखेर अगाडि बढ्न आवश्यक ठानेर आजको समझदारीपत्र सम्म आईपुग्न सफल भएको बताए । उनले वैदेशिक रोजगारीका क्षेत्रमा एनआरएनए हामीभन्दा बढी जानकार रहेकाले यस क्षेत्रका जरुरी र आवश्यक विषयहरुलाई संशोधनको प्रक्रियामा रहेको ऐन सम्शोधन पूर्व नै अघि सार्न आवश्यक ठानेर अगाडि बढेको जानकारी दिए । उनले थपे यस समझदारी पश्चात् वैदेशिक रोजगारीमा रहेकाहरुबाट संकलित कोष कसरी परिचालन गर्ने भन्ने विषयमा एनआरएनएबाट राम्रो सुझाव एवं सरसल्लाह प्राप्त हुने आशा गरेको र त्यसलाई राष्ट्र निर्माण र सञ्चयकर्ताको आर्थिक उन्ततिमा प्रयोग गर्न सक्नु पर्ने बताए । साथै उनले अध्ययन कार्यदलले राम्रो प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदनलाई सरकारी तहमा लागु गर्न सक्ने विश्वास लिएको प्रस्ट्याए । त्यसैगरी आचार्यले सम्पन्न सम्झौतापत्रको ठूलो महत्व रहेको औंल्याउँदै यसको प्रभावकारी कार्यान्वयनमा लागीपर्ने प्रतिवद्धता व्यक्त गरे ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा एनआरएनएका अध्यक्ष घले, एनआरएनए अमेरिकाका क्षेत्रिय संयोजक सोनम लामा, एनआरएनए बहराइनका सल्लाहकार श्याम तामाड. यूवा उपसंयोजक एवं हजारे अभियान कार्यदलका सदस्य लोकराज शर्मा, अर्का सदस्य दामोदर नेपाल, उद्धव भट्टराई तथा कोषका प्रशासक आचार्य, विभागीय प्रमुख एवं कार्यदलका संयोजक विरेन्द्रमोहन भट्टराई, कार्यदल सदस्य जितेन्द्र धिताल, लगायत उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply