१३ वैशाख २०८१

स्विटजरल्याण्डमा तेस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी – प्रोमो भिडीयो सहित

0

२२ जुन २०१६, स्विट्जरल्याण्ड। यहि जुन २६ तारीखमा उस्टरमा आयोजना हुन गईरहेको तेस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिताका लागि आयोजक संस्था जुरीख नेपाल स्पोर्ट क्लबले भव्य तयारी गरी रहेको जानकारीमा आएको छ। क्लबले आफ्नो स्थापना बर्ष सन २०१४ देखिनै रनिङ शिल्ड फुटबल प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ। स्विटजरल्याण्डमा खेलकुद क्षेत्रमा सक्रिय यो पहिलो नेपाली क्लब हो। 

यस पटक प्रतियोगितालाई मनोरञ्जात्मक र प्रभावकारी बनाउन क्लबले नेपाली बालबालिकाहरुको लागि फुटबल र महिलाहरुको लागि डोरी तान्ने खेल समेत समावेश गरी प्रतियोगिता आयोजना गर्दैछ। २६ जुन २०१६ आईतबारका दिन उस्टरमा (Buchholz Sportsanlage, Hallenbadweg 6, 8610 Uster) हुने उक्त प्रतियोगिता बिहानको ठिक ९:०० बजे सुरु हुने आयोजकहरुले बताएका छन्। प्रतियोगिताका दिन स्वादिष्ठ म:मको पनि व्यवस्था गरिएको जानकारी गराउँदै आयोजकहरुले कार्यक्रममा स‍-परिवार र साथिभाईका साथमा उपस्थित भई खेलको मज्जा लिन र प्रतियोगी टिमहरुलाई हौसला प्रदान गर्न अनुरोध गरेका छन्।

आवश्यक जानकारीका लागि निम्न व्यक्तिहरु लाई सम्पर्क गर्न हुन आयोजकले अनुरोध गरेका छन्:

076 4546762 (लोकेन राना)

076 3986036 (अर्जुन बास्ताकोटी)

078 8152575 (काजी शेर्पा)

078 9044555 (देव राई)

Share.

Leave A Reply