०८ वैशाख २०८१

हिलारी क्लिन्टनलाई ओबामाको समर्थन

0

युयोर्क, २८ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनावको उम्मेदवारीका लागि हिलारी क्लिन्टनलाई समर्थन गर्नुभएको छ ।
डेमोक्याट्रिक पार्टीको तर्फबाट आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि ओबामाले क्लिन्टनलाई समर्थन गरेको बीबीसीले जनाएको छ । डेमोक्याट्रिकको तर्फबाट क्लिन्टन र सिनेटर बर्नी सान्ड्रेस प्रतिस्पर्धामा छन् ।
राष्ट्रपति ओबामाले सिनेटर सान्ड्रेससँगको छलफलपछि क्लिन्टनलाई आफ्नो समर्थन रहेको औपचारिक घोषणा गर्नुभएको हो । ओबामाले भिडियो सन्देश जारी गर्दै क्लिन्टन राष्ट्रपतिको जिम्मेवारीका लागि अहिलेसम्मकै उत्कृष्ट र योग्य व्यक्ति रहेको बताउनुभएको छ ।
राष्ट्रपति ओबामा र क्लिन्टनले चाँडै नै राष्ट्रपति चुनावको संयुक्त प्रचारप्रसार अभियान सुरु गर्ने तयारी गरेको पनि सञ्चार माध्यमले जनाएका छन्

Share.

Leave A Reply