०७ वैशाख २०८१

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को चौथो युरोपेली एकल नेपाली नृत्य र प्रथम नेपाली गायन प्रतियोगिताका विजेताहरु

0

१५ मे २०१६, स्विटजरल्याण्ड। ईनासको चौंथो युरोपेली नेपाली नृत्य र गायन प्रतियोगिताका विजेताहरुको नाम भरखरै घोषणा भएको छ। गायन तर्फ: डेनमार्ककी सोबु केसी प्रथम, बेल्जियमकी हिना कार्कि द्वित्तिय र जर्मनीका सुनिल हमालले तृतिय स्थान हासिल गरे। नृत्य तर्फ: बेल्जियमकी सरीना पौडेल प्रथम, बेल्जियमकै रोशी केसी द्वित्तिय र नेदेरल्याण्डका तुफान घले तृतिय भएका छन्। प्रथम भएकाले ७०१ यूरो, द्वित्तिय भएकाले ५०१ यूरो र तृत्तिय भएकाले ३०२ यूरोका साथ प्रमाण-प्रत्र  तथा ट्रफिहरु प्राप्त गरे।

यसैगरि गायन तर्फ प्रथम हुने सोवु केसीलाई गायिका शर्मिला वर्देवाको आगामी एल्वममा स्वर दिने अवसर प्राप्त हुनेछ भने नृत्यतर्फ प्रथम, दोश्रो र तेश्रो हुने कलाकारहरुले चर्चित निर्देशक तुलसि घिमिरेको आगामि चलचित्र “दर्पण‍ छायाँ-२” मा अभिनय गर्ने अवसर प्राप्त हुने आयोजक ईनासले जनाएकोछ ।

Share.

Leave A Reply