०७ वैशाख २०८१

राजधानीमा भिन्टेज मोटर प्रदर्शनी शुरु

0

vintage4काठमाडौं – राजधानीमा भिन्टेज मोटर एक्स्पो २०१६ शुरु भएको छ । शनिबारदेखि सोमबारसम्म तीनदिनसम्म चल्ने उक्त एक्स्पोको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले उद्घाटन गरेका थिए ।
एक्स्पोको उद्घाटन हुनु अघि राजधानीमा भिन्टेज तथा क्लासिक मोटर एवं बुलेट मोटरसाइकल र्याली आयोजना गरिएको थियो । उक्त र्याली काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको कम्पाउन्डबाट सुरु भई दरबारमार्ग, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, थापाथली, पुल्चोक, जावलाखेल, कुपन्डोल, थापाथली, माइतीघर हुँदै बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा पुगेर समापन भएको थियो ।

vintage.

र्यालीमा सन् १९२८ देखिका करिब ४० वटा भिन्टेज तथा क्लासिक गाडीहरु सहभागी थिए । साथै सन् १९३७ मोडलको श्री ३ चन्द्र शमशेरले चढेको बुलेट मोटरसाइकल समेत र्यालीमा सहभागी थियो । र्याली भक्सवागन, फोर्ड, अस्टिन, क्रिस्लर, मर्सिडिज, भल्भो, डेमलर, बीएमडब्ल्यु बक्सर, मिनी कुपर, सुपर बिटल लगायत कम्पनीका अत्यन्तै पुराना एवम् महत्वपूर्ण गाडीहरु सहभागी थिए ।

भिन्टेज एन्ड क्लासिक मोटर इन्क नेपालको आयोजना र भक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेसनल प्रालिको मूख्य प्रायोजनमा सो एक्स्पो आयोजना गरिएको हो ।

vintage3

एक्स्पोको अर्को आकर्षण एक्स्पोमा रहेका गाडीहरुमा गरिने पेन्टिङ पनि हो । जुन नेपाली चित्रकला इतिहास कै सम्भवत पहिलो हो । यसबाट लामो इतिहास बोकेको नेपाली चित्रकला, साहित्यमा नयाँ विधा थपिने छ भने प्रदर्शनी कै दौरान ऐतिहासिक गाडी संरक्षण सम्बन्धी अन्तरक्रिया समेत गरिने छ । प्रदर्शनीको अर्को आकर्षण ऐतिहासिक गाडीका फोटो प्रर्दशनी हो भने एक्स्पोमा अटोमोबाइल सम्बन्धी विभिन्न फिल्म र डकुमेन्ट्री समेत देखाइनेछ ।

vintage1

यस प्रकारका गाडीहरुको संरक्षणमा युनेस्कोले चलाएको अभियान मात्र होइन सोही प्रयोजनमा युरोपियन युनियनले पार्लियामेन्ट कमिटी समेत गठन गरिसकेको छ ।
प्रदर्शनीमा मूलतः अटोमोबाइल क्षेत्रका व्यवसायीहरु, संरक्षणकर्ताहरु, नीति निर्माताहरु, कला साहित्यका स्थापित व्यक्तित्वहरु र स्कुल, कलेजका विद्यार्थीहरुको सहभागिता रहने छ । जेठ ३ गते ५ बजे यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले समापन गर्ने छन् ।
प्रदर्शनीमा सहभागी गाडीहरुको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्न सके नेपालमा अटोमोबाइल्स क्षेत्रको इतिहास बुझ्न चाहने र यसप्रति चासो राख्ने जोसुकैले पनि यसको फाइदा लिन सक्ने देखिन्छ । यसप्रकारका गाडीहरुको प्रदर्शनीले नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने देखिन्छ ।

नासा फाउण्डेसनको तत्वावधानमा संचालन भइरहेको एक्स्पोमा सांस्कृतिक संग्रहालय नेपालको फोटो प्रदर्शनी तथा अटो नेपाल म्यागेजिनको प्रमोशनल सहयोग रहेको छ । त्यस्तै अटोमोबाइल म्यागेजिन, नेपालअटो डटकम, नेपालदुबई डटकम, नेपालस्वीस डटकम र अटोलाइफ अंग्रेजी म्यागेजिनले मिडिया पार्टनरको रुपमा सहयोग गरेका छन् ।

vintage2

Share.

Leave A Reply