०७ वैशाख २०८१

“नेपाल घुम्नलाई सुरक्षित छ” भन्दै नेपाली नेपाली डटकमले दोस्रो बार्षिकोत्सव मनाउँने

0

बार्सिलोना/ एनएनडिसी मिडिया प्रालिद्वारा संचालित युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमले “नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने” अभियान सहित दोस्रो बार्षिकोत्सव मनाउँने भएको छ। आगामी जुलाई ११ तारिख सोमबार बार्सिलोनामा नेपालको पर्यटन प्रबद्दनका लागि बिबिध सागाग्रीहरु प्रस्तुत गर्दै मिडियाले दोस्रो बार्षिकोत्सव मनाउँन लागेको हो।

सन् २०१४ देखि युरोपबाट संचालित अनलाईन मिडिया आगामी जुलाईमा दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रबेश गर्दै छ। मिडियाको कार्यक्रममा सहभागी बन्न स्बिजरल्याण्ड,डेनमार्क,बेल्जियम,जर्मनी,बेलायत,रसिया,नेदरल्याण्डस् लगायतका युरोपियन मुलुकहरुबाट कलाकार तथा अतिथिहरु सहभागी बन्ने भएका छन्।

नेपाल सुरक्षित

गत बर्ष भूकम्प पछि,”शोकलाई शक्तिमा बदलौ,देश दुखेको बेला घर फर्कौ अभियान” चलाएको मिडियाले यस पटक भने,”नेपाल सुरक्षित छ ” भन्ने सन्देशलाई प्रबाह गर्ने भएको छ। यसबारे बिदेशीहरुको आबाजलाई समेटेर बिशेष डकुमेन्ट्री तयार गर्ने मिडियाले जनाएको छ।

कार्यक्रमलाई प्रभाबकारी बनाउँन नेपालका बरिष्ट कलाकारहरु,पत्रकार,राजनीतिज्ञ,समाजसेबी लगायत सर्बधारणहरुले नेपाल सुरक्षित रहेको अभिमतलाई भिडियो सन्देश मार्फत कार्यक्रममा समाबेश गर्ने तयारी रहेको छ। यसका लागि नेपालबाट मिडियाका प्रतिनिधिहरुले काम सुरु गरिसकेका छन्। कार्यक्रममा नेपाली तथा स्पेनिस समुदायलाई बाक्लो उपस्थित गराउँने योजना रहेको छ।

सम्मान कार्यक्रमको निरन्तरता

अनलाईन मिडियाले गत बर्ष जस्तै यस पटक पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने भएको छ। युरोपमा रहेर सामाजिक,कलाकारिता तथा पत्रकारिता क्षेत्रमा योगदान दिने ३ जना व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ।

छनोटका लागि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एक राज गिरीलाई संयोजकको जिम्मेबारी तोकिएको छ। समितिको बिस्तार भने केहि दिन भित्रै गर्ने तयारी मिडियाले गरेको छ।

मूलआयोजक समिति गठन गर्दै जिम्मेबारी बाँडफाँड गरिने

कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न मिडियाले मूल आयोजक समिति गठन गर्दै जिम्मेबारी बाँडफाँड गर्ने भएको छ। गत बर्ष जस्तै स्पेन स्थित संघ सँस्थाहरुलाई पत्राचार गर्दै समितिमा रहेर सहयोग पुर्याउँन अपिल गरिने भएको छ। कार्यक्रममा स्थानीय कलाकारहरुका प्रस्तुतीहरुलाई समेत समेटेर कार्यक्रमलाई रोचक बनाईने भएको छ।

-नेपाली नेपाली डट कम

Share.

Leave A Reply