१३ वैशाख २०८१

गायिका शर्मिला बर्देवाले ईनासको युरोपेली कार्यक्रम, स्विटजरल्याण्डमा रौनक थप्ने

0

०४ मे २०१६, स्विटजरल्याण्ड। नेपाली सांगीतिक आकाशका एक तारा, कर्णप्रिय आवाजका धनि, नेपालकी लोकप्रिय गायिका शर्मिला बर्देवाको यहि मे १४ र १५ मा स्विटजरल्याण्डको बासेल शहरमा आयोजना हुने ईनास युरोपेली नृत्य र गायन प्रतियोगितामा उपस्थिति रहने जानकारी सामाजिक सञ्जालका माध्यमबाट प्राप्त भएको छ। काठमाण्डौंमा जन्मिएकि गायिका बर्देवाले शास्त्रिय गायनमा डिप्लोमाको शिक्षा हासिल गरेकि छिन्। विक्रम सम्वत २०४५ को उनको पहिलो म्युजिक कन्सर्टसंगै आफ्नो सांगीतिक यात्राको आरम्भ गरेकी उनले छ सय भन्दा बढि नेपाली गीतहरुमा आफ्नो सुमधुर स्वर दिईसकेकी छिन्। त्यसैगरी उनले ३५ भन्दा बढि नेपाली चलचित्रका लागि गीत गाएकी छिन्। गायिका बर्देवाको प्रथम म्युजिक एल्बम “तिमी बिना पनि” पछि “भेटन मन लाग्छ”, “अर्को जवाफ”, “स्पर्ष”, “मुस्कान” नामक एल्बमहरु बजारमा आईसकेका छन्।

गायिका बर्देवाका गीतहरुमा नेपाली माटोको सुगन्ध र नेपाली जीवनका उकाली ओरालीहरुलो स्पर्ष भेटिन्छ। पीडा, प्रेम र बिछोड जस्ता जीवनका संवेदनशिल पाटाहरुलाई उनको स्वरले सदैव न्याय दिएको छ भन्दा अन्यथा नहोला। हरिभक्त कटुवालको शब्द रहेको तल उद्धृत उनको गीतले अस्थाई जोवनको मार्मिक बयान गरेको पाईन्छ।

“निल काँडा झैं मन फुल्यो, काँस जस्तै केश राजै, काँस जस्तै केश

छोडि जाने पापी बैंस, छोडि जाने पापी बैंस

नआएकै बेस राजै, नआएकै बेस”

गायिका बर्देवाले नेपाली, नेवारी, मैथली र भोजपुरी गरी विविध भाषाहरुका गीत गाएकी छिन्। त्यसैगरी उनले आधुनिक, पप, लोक, दोहरी जस्ता संगीतका विविध विधामा समान र सशक्त उपस्थिति देखाएकी छिन्। लगभग एक दर्जन देशहरुमा आफ्ना सांगीतिक कोशेलि प्रस्तुत गरिसकेकी गायिका बर्देवाले रेडियो नेपाल प्रतिभा पुरस्कार, हिट्टस् एफ एम अवार्ड, सानमिगेल म्युजिक अवार्ड, गीताञ्जलि सिने अवार्ड र डाबर सिने अवार्ड जस्ता पुरस्कारहरु प्राप्त गरेकि छिन्।

शब्द, संगीत र स्वरको भावपूर्ण मिश्रण रहने उनका गीतहरु सदाबहार प्रकृतिका छन्। उनको उपस्थितिले मे १४ – १५, २०१६ मा स्विटजरल्याण्डको बासेलमा आयोजना हुने ईनासको युरोपेली नृत्य र गायन प्रतियोगितामा अवश्य बिशेष रौनक थप्ने छ। उनलाई सबैभन्दा बढि मनपर्ने गीतहरु मध्येको एक गीतको केहि शब्दहरु उनकै सम्मानमा यहाँ उद्धृत गरिएको छ।

“फुलको जवाफ पत्थरले दिनेलाई, औंलो दिँदा संसारै निल्नेलाई

कस्को चल्छ जोर, बरै कस्को चल्छ जोर

पिरतीमा आउँदो रहेछ यस्तो पनि मोड”

INAS 2016 Switzerland

Share.

Leave A Reply