०७ वैशाख २०८१

ईनासको युरोपेली साँस्कृतिक महाभेला २०१६: होटल, कार्यक्रम स्थल र यातायात जानकारी

0

३ मे २०१६, स्विटजरल्याण्ड। यहि मे १४ र १५ तारीखमा स्विटजरल्याण्डको बासेल शहरमा आयोजना हुने ईनासको चौंथो युरोपेली कार्यक्रमको तयारी द्रुतगतिमा अधि बढिरहेको जानकारी प्राप्त भएको छ। मे १४ तारीखमा बासेलको क्लाईनहुनिगन हलमा ईनास यूरोपको क्षेत्रिय बैठक आयोजाना हुने छ भने मे १५ मा ईनासको युरोपेली एकल नेपाली नृत्य र प्रथम एकल नेपाली गायन प्रतियोगिता बासेलको प्रख्यात युनियन हलमा आयोजना हुनेछ। ईनासको युरोप स्तरीय नृत्य प्रतियोगिता यसअघि तीन पटक आयोजना भैसकेको छ। गायन प्रतियोगिता आयोजन हुनलागेको ईनास युरोप कै ईतिहसमा यो प्रथम पटक हो। नृत्य र गायन प्रतियोगितामा युरोप क्षेत्रका प्रतिभाशाली कलाकारहरुको सहभागिता रहने छ।

हरेक बर्ष प्रतियोगितामा उत्साह र उमंगका साथ प्रतियोगीहरुको संख्यातमक सहभागिता रहने गरेको आयोजकहरुले बताएका छन्।  सदाझैं यसपालि पनि नृत्य र गायन प्रतियोगिताका प्रतिस्पर्धिहरुले गुणस्तरीय, सनसनीपूर्ण र मनोरञ्जनात्मक सांस्कृतिक कोशेलिहरु प्रस्तुत गरी दर्शकदिर्घालाई भरपुर मनोरन्जन गराउने विश्वास आयोजकहरुले लिएका छन्। सदाझैं कार्यक्रम आयोजनाका लागि युरोप क्षेत्रका नेपाली कुटनीतिक नियोगहरु, गैर-आवासीय नेपाली संघ, युरोप क्षेत्र र अन्य संघ-संस्थाहरु संग सहकार्य र समन्वय गरिने पनि जानकारीमा आएको छ।

फोटो: बासेर शहरको एक दृष्य

फोटो: बासेर शहरको एक दृष्य

कार्यक्रम स्थल र कक्षहरु:

मे १४ र १५ तारीखका कार्यक्रमहरु भिन्न प्रकृतिको भएकाले दुईवटा हलहरुमा छुट्टा छुट्टै आयोजना गर्न लागिएको आयोजक हरुले बताएका छन्। कार्यक्रम कक्षहरुको ठगाना यस प्रकार छन्।

4th INAS European Regional Meeting

16:00 O’ clock, 14th May, 2016

Treffpunkt Hall, Kleinhüningeranlage 39, 4057 Basel

4th INAS European Nepali Single Dance & 1st European Nepali Singing Competition

13:00 O’ clock, 15th May, 2016

UNION Klybeckstrasse 5, 4007 Basel

होटल ठेगाना:

Ibis Budget Basel-City, Grosspeterstrasse 12, 4052 Basel

 

आवास ब्यबस्था:

होटल ठेगाना: Ibis Budget Basel-City, Grosspeterstrasse 12, 4052 Basel

होटल ठेगाना: Ibis Budget Basel-City, Grosspeterstrasse 12, 4052 Basel

कार्यक्रम अबधिमा सहभागिहरुको बसाईंलाई मनोरन्जनात्मक, स्मरणीय र आरामदायी बनाउने उदेश्य र  सार्वजनिक यातायात, आरादायीता, कार्यक्रम स्थलसंगको समिप्यता र किफायतिता जस्ता बिषयहरुलाई मध्यनजर गर्दै बासेल शहरको ईबिस होटलमा आवासको ब्यवस्था गरिएको जानकारी आयोजकहरुले दिएका छन्। बासेलको विमानस्थलबाट होटल ईबिस बजेट १५ मिनेट र होटलबाट कार्यक्रम स्थल १० मिनेटमा पुगिन्छ। ईच्छुक ब्यक्तिहरुलाई यथासम्भव सिघ्र होटल रिजर्भेसनका लागि होटल रिजर्भेसन फारम भरी सन्तोष राई लाई raisantosh9@yahoo.com मा पठाउनु हुन हार्दिक अनुरोध गरिएको छ।

तीन बेड भएको कोठामा सुत्नका लागि प्रति ब्यक्ति प्रति रात ३२ स्विस फ्रयाङकस् (लगभग २९.५० यूरो) लाग्ने छ। यसैभित्रबाट हरेकले सिटि क्षेत्रका सार्वजनिक यातायात निशुल्क प्रयोग गर्न पाउने गरी एक सिटि टिकट प्राप्त गर्ने छन्। बिहानको नास्ता गर्न चाहनेले प्रति ब्यक्ति ११ स्विस फ्रयाङकस् तिरी होटलमा अवस्थित रेष्टुरेन्टको सुबिधा लिन सक्नेछन्।

सार्वजनिक यातातयात:

ट्रेन स्टेसनबाट होटल:

ट्रेनबाट कार्यक्रम आउनेहरुले बासेलको ट्रेन स्टेसन (Basel SBB) मा झरी ट्राम नम्बर १० वा ११ लिन सक्ने छन्। ट्राम नम्बर १० (Tram 10, Direction: Dornach) वा ११ (Tram 11, Direction: Aesch BL) लिने २-३ मिनेटमा पेटर-मेरियन (Peter-Merian) झरेर ५ मिनेट पैदल हिडेपछि होटल पुगिन्छ।

बासेल विमानस्थलबाट होटल:

विमानस्थलबाट बस नम्बर ५० लिई बासेल ट्रेन स्टेसनसम्म आई ट्राम नम्बर १० (Tram 10, Direction: Dornach) वा ११ (Tram 11, Direction: Aesch BL) लिने २-३ मिनेटमा पेटर-मेरियन (Peter-Merian) झरेर ५ मिनेट पैदल हिडेपछि होटल पुगिन्छ।

होटलबाट १४ मे २०१६ को कार्यक्रम स्थल:

होटलबाट ट्रेन स्टेसन आउने र ट्राम नम्बर ८ (Tram 8, Direction: Weil am Rhein) लिई क्लाईनह्युनिगरआनलागे (Kleinhünigeranlage) मा उत्रिने। ट्राम रोक्ने ठाउँको लगभग १०० मिटरमा कार्यक्रम स्थल।

होटलबाट १५ मे २०१६ को कार्यक्रम स्थल:

होटलबाट ट्रेन स्टेसन आउने र ट्राम नम्बर ८ (Tram 8, Direction: Weil am Rhein) लिई ब्ल्यसिरिङमा (Bläsiring) मा उत्रिने। ट्राम रोक्ने ठाउँकै अगाडि कार्यक्रम स्थल।

Share.

Leave A Reply