१३ वैशाख २०८१

एनआरएनए स्विटजरल्याण्डद्वारा संचार मन्त्री राईलाई स्वागत

0

२ मे २०१६, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डले एक विशेष कार्यक्रमबीच नेपाल सरकारका संचार तथा सुचना मन्त्री शेरधन राईलाई स्वागत गर्दै यहि २ मे मा ओल्टनमा एक भेटघाट कार्यक्रमको आयोजना ग-यो। मन्त्री राई मे २ देखि ६ तारीखसम्म स्विटजरल्याण्डको जेनेभामा आयोजना हुने World Summit on the Information Society Forum को कार्यक्रममा सहभागि हुन मे १ तारीखमा जेनेभा आईपुगेका हुन्। नेपालबाटै मन्त्री राईसंग त्यसै कार्यक्रममा भागलिन आएका नेपाल टेलिकमका डेपुटि म्यानेजर ई. डिल्ली राम अधिकारी पनि कार्यक्रममा उपस्थित थिए। ई. अधिकारी र मन्त्री राईलाई गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरुङ र उपाध्यक्ष सीमा गौतमले खादा लगाई स्वागत गरेका थिए। कार्यक्रममा गैर-आवासीय नेपाली संघका आईसिसि सदस्य डा. विनय श्रेष्ठ र गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डका पदाधिकारीहरु: महासचिव भुमिराज गुरुङ, सचिव फणिन्द्र पन्त र प्रवक्ता सन्तोष राईको उपस्थिति थियो। त्यसैगरी आदिवासी नेपाली जनजाति महासंघ, स्विटजरल्याण्डका संयोजक छोङडुक भोटे र ईनास स्विटजरल्याण्डका अध्यक्ष धनसिङ ठकुरीको पनि कार्यक्रममा उपस्थिति रह्यो।

कार्यक्रमका क्रममा मन्त्री राईले संविधान निर्माणको जटिल प्रकृयाको चर्चा गर्दै संविधानका महत्वपूर्ण धाराहरुका बारेमा विश्लेषणात्मक विचार राखेका थिए। क्षेत्रफलका हिसाबले नेपाल चीन र भारत भन्दा धेरै सानो भएपनि नेपालको सार्वभौमिकता ति छिमेकि देशको जस्तै उच्च रहेको उनले बताए। साथै, देशको विशेष परिस्थितिका कारण विद्धमान चुनौतिहरुलाई नेपाल सरकारले प्रभावकारी ढंगले सामना गर्ने विचार ब्यक्त्त गरे। भुकम्प पुनर्निर्माणको कार्य जनताले अपेक्षा गरे अनुसार सीध्र र प्रभावकारी तवरबाट हुन नसकेको स्विकार्दै नेपाल सरकार भुकम्प पिडीत क्षेत्रको निर्माण कार्यमा अब जुटि सकेको उनले बताए।

image-0bc71aafb3ebc3bf0f1b5e1d1a85b1ca1f2285a3a90474ae341e3432ffcb80cb-V image-35e1193e03d4c4fa77eb1110608b27979b38a5db7dce0d92dfb55d58a74428fc-V  

Share.

Leave A Reply