१३ वैशाख २०८१

जोहेवको नयाँ भिडियो ‘लालुपाते’ भाइरल बन्दै

0

received_10154066374198467 received_10154066376453467
चर्चित गायक जोहेवमानन्धर आफ्नो नयाँ गीति भिडियो लालुपाते लिएर बजारमा आएका छन् ।
थोरै समयमा नै धेरै श्रोता एवं दर्शकको मन जित्न सफल उक्त गीत लालुपाते अहिले बिभिन्न सामाजिक सञ्जालहरु फेसबुक तथा युट्युवमा समेत भाइरल बन्दै गईरहेको पाइएको छ । विगत २० वर्षदेखि निरन्तर रुपमा नेपाली गीत संगीतमा लागेर आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक मानन्धर आफ्ना चर्चित गीतहरुका माध्यमबाट चर्चाको शिखरमा पुग्न सफल भएका छन् । आफूले गाउने गीतमा आफ्नै शब्द, संगीत र स्वर भर्न सक्ने एक प्रतिभाशाली गायक मानन्धर अहिले अन्य थुप्रै कलाकारहरुलाई संगीत दिनमा समेत व्यस्त छन् ।
बि.सं २०५७ सालमा सम्पन्न पहिलो ईमेज अवार्डका बेला आफ्नै शब्द र संगीत भएको ‘म यस्तो गीत गाउँछु तिम्रो चाहनामा ’ भन्ने बोलको गीतबाट अवार्ड हात पारेका गायक त्यतिबेला पनि उक्त गीति भिडियो मार्फत चर्चाको शिखरमा पुगेका थिए ।

received_10154066373633467
गीत गाउने र संगीत भर्ने मात्र होइन लेखनमा पनि त्यतिकै मौलिकता अपनाउने गायक मानन्धरका प्रायः जसो गीतहरुका शब्द चयन पनि फरक किसिमको हुने गरेको छ । भारतीय चर्चित गायक सोनु निगमद्वारा गाइएको ‘म भएँ पागल’ बोलको पहिलो नेपाली पप तथा सुपर हिट गीत यसको ज्वलन्त उदाहरण हो ।

received_10154066371973467
गायक मानन्धरका प्रायः म्युजिक भिडियोहरु विदेशमा सुटिड. हुने गरेको पाइएका छन् भने दुबईको मरुभूमिमा म्युजिक भिडियो सुटिड. गर्ने पहिलो नेपाली गायक पनि उनै हुन् । उनको दुबईमा सुटिड. भएको पहिलो भिडियो ‘किन किन बढ्छ याद धेरै’ ले पनि थुप्रै चर्चा बटुलेको थियो । सांगितीकि यात्राका क्रममा थुप्रै देशको भ्रमण गरिसकेका गायक मानन्धरले गत वर्ष स्वीट्जरल्याण्डमा पनि गीति भिडियो सुटिड. गरेका थिए ।

received_10154066371448467
काठमाडौंको पकनाजोलमा जन्मेका गायक मानन्धरलाई उनका फ्यानहरुले एक सशक्त स्टाइलिस्ट गायक भन्न रुचाउने गरेका छन् । केही समयअघि गायिका स्मिता घिमिरेसँग गाएको ‘के भो आज भोलि’ र ‘लाईफ इज ब्युटिफुल’ बोलको गीत धेरै श्रोताहरुले रुचाएका थिए ।
लालुपाते शब्दमा बजारमा आएका प्रायः सबै गीतहरुले चर्चा बटुल्न सफल भएका देखिन्छन् । त्यसमा पनि पछिल्लो पटक बजारमा आएको मानन्धरको लालुपाते बोलको गीतले पनि निक्कै चर्चा बटुलिसकेको छ भने यसले श्रोता तथा दर्शक माझ अझ नयाँ आयाम थप्न सक्ने देखिन्छ । त्यतिमात्र होइन गीतमा भएको आकर्षक संगीत र बेजोड स्वरको सम्मीश्रणले लालुपाते कर्णप्रीय बन्नुका साथै दिन दिनै श्रोताको मन जित्न सफल भईरहेको देखिन्छ । म्युजिक भिडियोलाई अझ बढी आकर्षक बनाउनमा अहिलेका चर्चित भिडियो निर्माता सञ्जित श्रेष्ठको निर्देशनले सहयोग गरेको दर्शकहरुले बताएका छन् ।

received_10154066371688467
मोडल श्रृष्टि पौडेलको उत्कृष्ट अभिनय र अनुपम सुन्दरताले म्युजिक भिडियोलाई अझ बढी उचाई दिएको छ । ब्रिजेश श्रेष्ठको सम्पादन रहेको गीतमा जनक सुनुवारले फरक खालको एरेञ्जमेण्ट गरेका छन् । समग्रमा उत्कृष्ट म्युजिक भिडियो पस्कन सफल गायक जोहेव मानन्धरलाई हाम्रो पनि शुभकामना छ ।

received_10154066372748467 received_10154066376828467 received_10154066376698467

Share.

Leave A Reply