०७ वैशाख २०८१

इटली को रोममा नयाँ वर्ष २०७३ कार्यक्रम भव्य रुपमा सम्पन्न

0

बलराम शर्मा, इटाली। अ ने क स इटली संगको सहकार्यतामा नेपाली समाज रोम द्वारा आयोजित नयाँ वर्ष २०७३ शुभकामना आदान-प्रदान तथा सांकृतिक कार्यक्रम यहि १७  अप्रिल २०१६ मा भव्य  रुपमा सम्पन्न भएको छ। समाजका अध्यक्ष श्री देवराज गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इटालीका लागि नेपालका अवैतनिक बाणिज्यदुत Paolo Nugari प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो| औपचारिक कार्यक्रमको सञ्चालन  नेपाली समाज रोम का सचिव श्री  बलराम शर्मा तथा सांस्कृतिक कार्यक्रमको सञ्चालन मीना अर्याल तथा शिव पाण्डे ले गर्नुभएको उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि sig. Paolo Nugari तथा कार्यक्रमका अध्यक्ष श्री देवराज गुरूंग ले द्वीप प्रज्वलन गरी गर्नु भएको थियो| नेपाली तथा इटालियन राष्ट्रीय गानका साथ अगाडी बढेको सो कार्यक्रम मा समाजकी सदस्य भावा मल्ल ज्यू ले स्वागत मन्तव्य दिनु भएको थियो| अ.ने.क.स. इटालीका उपाध्यक्ष पवन गुरुंग, जनप्रगतिशिल मंच इटालीका अध्यक्ष श्री हरि काराखेति, जन संपर्क समिति इटालीका महासचिव दौलत साम्बा, प्रबासी नेपाली मंचका  प्रतिनिधि  श्री चन्द्रकान्त आचार्य, Avvocato Paola  Vitaletti तथा नव आगन्तुकहरुका तर्फबाट हरी प्रशाद भट्टराईले  शुभकामना मनतव्य दिनुभएको थियो। मन्तव्यका क्रममा जनप्रगतिशील मन्च इटलीका अध्यक्ष श्री हरिभक्त कराखेतिले नेपालमा गएको भूकम्प र यसका लागी उठेको रकम का सन्दर्भमा प्रश्नहरु उठान गर्दै नेपाली समाज रोमका वर्तमान भूमिका र भावी कर्यदिशाका विषयमा बोल्नु भएको थियो| जनसम्पर्क समिति इटालिका महासचिव श्री दौलत साम्बाले राजनीती भन्दा माथि उठेर समजले काम गर्नु पर्ने तथा प्रवासी नेपाली मन्चका प्रतिनिधि श्री चन्द्रकान्त आचार्यले भूकंप पीडितहरुको लागी उठेको रकम तथा समाजको भूमिकाका विषयमा प्रकाश पर्नु भएको थियो| सो अवसरमा नेपाली समाज रोमका सह-सचिव श्री शंकर गौतमको व्यवस्थापन मा भान्सामा योगदान पुर्याउनु हुने बेल बहादुर राना भाट, लाल बहादुर के. सी., चन्द्र बहादुर तामांग, अनन्त वस्नेत, शिव मल्ल, प्रकाश थापा मगर तथा सुजन लामा लाइ खादा ओढाएर सम्मान गरिएको थियो| साथै सो कार्यक्रम मा नेपाली समाज रोम का सचीव तथा कार्यक्रम संचालक बलराम शर्माले नेपाली राजदुतावास जेनेभा तथा एन आर एन ए इटलीबाट प्राप्त शुभकामना पत्र पढेर सुनौनु भएको थियो| उक्त कार्यक्रममा रोम शहर तथा बाहिरबाट समेत प्रसस्त नेपाली, इटालियन तथा अन्य देशका अतिथिहरुको उपस्थिति रहेको थियो| सांस्कृतिक कार्यक्रममा अ ने क स इटलीको तर्फबाट रेचल गुरुंग, कुसुम पुन,उषा अर्याल, सवीन श्रेष्ठ, सायद श्रेष्ठ, आशिस श्रेष्ठ, निर्मला राई, लक्ष्मी क्षत्री, रीता भाट, कुन्दन गुरुंग, निरा गुरुंग, शांति भट्टचन, ज्योति भुसाल, सन्जू पुन, पवन गुरुंग, केशव कुमार, गंगा नेउपाने, राधिका छेत्री, हिम्मत पंथी, नारायण छेत्री, तथा बेल बहादुर रानाभाट को प्रस्तुति रहेको थियो भने कला पन्त ज्यू ले आफ्नो कला कबिता बाचनबाट प्रस्तुत गर्नु भएको थियो|

12472624_712612442214227_7168513702132591853_n - Copy - Copy 13010809_712612752214196_1991041263070372746_n - Copy 12985558_712610805547724_5016627664320701369_n - Copy 13051711_712614988880639_4057497014067068749_n 

Share.

Leave A Reply