०६ वैशाख २०८१

यूएईमा घन्कियो देउडागीत- संविधान कार्यान्वयन गर्न राम्रो कदम चाल

0

मान बहादुर के.सी., यूएई। संविधान कार्यान्वयन गर्न राम्रो कदम चाल

चौतर्फी बिकास होस् देशमा यहि नयाँ साल

भन्ने देउडा गीत गाएर शुरु गरिएको सुदूरपश्चिम सेवा समाज यूएईको नयाँ बर्ष २०७३ को ‘शुभकामना आदान प्रदान तथा बनभोज सँगै देउडा खेल कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ । 

यूएईको अलऐन स्थित सुन्दर रमणिय पहाडको फेद तिर हरियाली चौर भएको ग्रीन मुबजर्हा पार्कमा १५ अप्रिल २०१६ शुक्रबार दिन संस्थाका अध्यक्ष शिवराज जैशीको अध्यक्षतामा तथा गैर गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ अलऐन क्षेत्रिय समितिका अध्यक्ष मिन नेपालीको बिशेष अतित्यथामा भब्यताका साथ सम्पन्न भएको थियो । 

चारै तिर भाईचारा होस् झै-झगडा घटीजाउ

गरीबका चुला आगो बलौ भोकमरी हटीजाउ 

 देउडा गायक तथा संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले बिच बिचमा देशको परस्थिती अनुरुपका देउडा गीत सुनाउदै संचालन गरेको सो कार्यक्रममा उपस्थित सबैलाई भरपुर मनोरन्जन दिनुका साथ-साथै सबैको ध्यान आफुतिर आकर्षित गराउनु भएको थियो ।

हाम्रै हो हिमाल, पहाड, हाम्रै हो तराई

एकआपशमा लडाईखेर स्वार्थ लुट्टा पराई​

 देउडा लेखक तथा संस्थाका सल्लाहकार लक्ष्मण अधिकारीले देउडा गीतका टुक्काहरु सुनाउदै उपस्थित अतिथी तथा सहभागीहरुलाई आफ्नो मौलिक भाषामा छोटो मिठो स्वागत मन्तब्य राख्दै नयाँ वर्ष २०७३ सुखमय रहोस् भन्ने भावना प्रकट गर्नु भएको थियो । भने आफ्नो शुभकामना मन्तब्य राख्दै सुदूरपश्चिम सेवा समाज यूएई अललैन क्षेत्रीय समितिका सल्लाहाकार पदम महाताले अलऐनमा यसरी सम्पूर्ण सुदूरपश्चिम बाशीहरु सँगै नेपालीहरु एकै ठाउँ जम्मा भएर नयाँ बर्षको शुभकामना आदानप्रदान गर्नु पाउदा सार्है खुशी भएको जिज्ञासा राख्दै सेवा मुलुक काम प्रति सुदूरपश्चिम सेवा समाज यूएईले पुर्याएको योगदानको प्रशंसा गर्दै रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुका समस्यामा र देशमा हुने आपत्ति बिपत्तीहरुमा सधैं सहयोग गर्दै रहोस् भन्ने भावना प्रकट गर्नु भएको थियो ।

प्रबाशी नेपालीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा एकातिर घमाशान देउडा दोहोरीमा मान बहादुर के.सी. ‘मुस्कान’, लक्ष्मण अधिकारी, मिन बहादुर सबखोली, शिला सिंह, दीपा नेपाली, टिकेस्वरी भण्डारी बोगटी लगायत सम्पूर्ण देउडाप्रेमीहरु लस्करै लागेर हातको साङ्लो बनाएर देउडाखेलमा दर्शकहरु सँग पैतल मिलाउदै खुशी भएर झुमेका देखेर हामी यूएईमा होईन सुदूरपश्चिम कै कुनै एक जिल्लामा देउडा खेल्दै गरेको जस्तो महशुश हुन्थ्यो । भने अर्को तिर मनोज भट्ट ‘सानुकाजी’, जयराज जोशी, मोहन सिंह ठकुराठी, सुभाश रम्जाली, राज बोगटी, संगीता बुर्लाकोटी, रेनु बिष्ट, सरिता पन्त, शारा देवी ठकुराठी लोकदोरी गाउदै, नृत्य गर्दै, कम्मर मर्काउदै सबैलाई छमछमी नचाउदै थिए । 

जन्मि जाउ कोई बाउको चेलो गौतम बुद्ध भेषमा

अशान्ति बाग्मति बगाई शान्ति ल्यावोस् देशमा  

एकै कार्यक्रममा एकातिर देउडाखेल र अर्को तिर लोकदोहोरीमा घमाशान भएको देखेर उपस्थित मध्य कोहि देउडा खेलमा लागेर पैतल मिलाउन्थे, कोहि कम्मर मर्काउदै छमछमी नाच्दै थिए, कोहि ताली पिट्दै थिए, कोहि रमणिय पहाडको फेदीमा हरियाली चौरमा लागेको देउडाखेल देखेर मक्ख हुँदै आ-आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु लिनमा नै ब्यस्त थिए, उपस्थित सबै बनभोजको अवसर पारेर यसरी भेटघाट गरी देउडा खेल्दै, नाचगान गर्दै एक आपशमा नयाँ बर्षको शुभकामना आदानप्रदान गर्नु पाउँदा निकै उत्साहित देखिएका थिए । 

 सुदूरपश्चिम बासी तथा अलऐनमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शिवराज जैशीले सुदूरपश्चिम सेवा समाज यूएईले सम्पूर्ण नेपालीहरुको मन जित्न सफल भएको उल्लेख गर्दै आउँदा दिनमा पनि यहाँका सबै संघ-संस्था र समाजसेवी, बुद्दिजिबी, पत्रकारहरुको साथ पाई रहने आशा राख्दै उक्त कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सहयोगीहरुलाई र कार्यक्रममा सहभागि भई दिनु भएका सम्पूर्ण उपस्थित नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्नुका साथै बिसु त्यारको शुभकामना दिदै औपचारिक कार्यक्रम समापन घोषणा गर्दै देउडा खेलको शुरुवात गराउनु भएको थियो ।

देउडा गीत गाएर दिनको ठीक १ बजे शुरु भएको नयाँ बर्ष २०७३ को ‘शुभकामना आदान प्रदान तथा बनभोज सँगै देउडा खेल कार्यक्रम’ देउडा गीत गाएर नै साँझ ६ बजे समापन भएको थियो । 

सगरमाथा झै अटल रहोस् नझुकोस् शिर

स्वाभिमानि हार नमान्ने हौ गोर्खालि बिर

6  

Share.

Leave A Reply