१६ चैत २०८०

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण रोक्ने अमेरिका र चीनको निर्णय

0

उत्तर कोरियाले गरिरहेको परमाणु क्षेप्यास्त्र परीक्षण रोक्ने प्रयासका अमेरिका र चीनले एकसाथ अघि बढ्ने सहमति गरेका छन् । अमेरिकाको वासिंटनमा भएको परमाणु शिखर सम्मेलनमा सहभागी भएका अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको भेटवार्ताका यस्तो सहमति भएको हो । भेटवार्तामा उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले पार्ने असरका विषयमा छलफल भएको थियो । चिनियाँ समकक्षीसँगको भेटपछि अमेरिकी राष्ट्रपति ओबामाले परमाणु मुक्त कोरियाली प्रायद्वीपका लागि दुबै देश उत्साहित रहेको वीवीसीले जनाएको छ । दुबै देशका राष्ट्रपतिबीच उत्तर कोरियाले गरेको परमाणु क्षेप्यास्त्र परीक्षणबाट तनाव बढ्न सक्ने भएकाले आफूहरुले अन्तर्रा्ष्ट्रिय दायित्व पूरा गर्न कारबाहीसमेत गर्न सक्ने सहमति भएको बताइएको छ ।

Share.

Leave A Reply