१३ वैशाख २०८१

दोस्रो सेमिफाईनलमा आज भारत र वेष्ट इन्डिज भिड्ने

0

विश्वकप क्रिकेटको दोस्रो सेमिफाईनलमा आज भारत र वेष्ट इन्डिज भिड्ने भएका छन् । भारतको मुम्बईमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ । आजको खेलमा भारतका लागि विराट कोहली तथा वेष्ट इन्डिजका क्रिस गेललाई हेर्न लायक खेलाडीको रुपमा लिइएको छ । दुबै टोलीले यसअघि विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितिसकेका छन् । गएराती न्यूजिल्याण्डलाई हराउँदै इङ्ल्यान्ड प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । भारतको दिल्लीमा गएराति सम्पन्न खेलमा इङ्ल्यान्ड ७ विकेटले विजयी भएको हो ।

Share.

Leave A Reply