०७ वैशाख २०८१

प्रवासी नेपाली मञ्च, स्विट्जरल्याण्डको भावपूर्ण हार्दिक श्रद्धाञ्जली

0

नेपालका पुर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सम्माननीय श्री शुशिल कोइरालाज्यूको बि. स. २०७२ साल माघ २६ गतेका रात भयको अप्रत्याशित निधनको समाचारले म लगायत प्रवासी नेपाली मञ्च, स्विट्जरल्याण्ड स्तव्ध भएका छौं। वांहाँले आफ्नो सम्पुर्ण जिवन देश र जनताकोप्रजातन्त्रका लागि सहर्ष बलिदान गरी एउटा त्यागी , इमान्दार र प्रजान्त्रीक ब्यक्तित्वको ज्वलन्त उदहारण हाम्रो सामु प्रस्तुत गर्नु भएको छ । यस्ता ब्यक्तित्वलाई गुमाउनु भनेको कांग्रेस पार्टीलाइ मात्र नभई संपूर्ण नेपाली बर्ग लाइनै एउटा अपूर्णीय क्षती भएको हामी मान्दछौं।

वहांले देश र जनतालाई दिनु भएको परिश्रम र योगदान नेपाल र नेपाली जनताका लागी सदैब सुनौलो उदहारण बनिरहने छ। उहांको देहावसानको दुखद घडिमा मृतआत्मको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दान्जली अपर्ण गर्दछौं र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

संजय मूडभरी  
अध्यक्ष, प्रवासी नेपाली मञ्च, स्विट्जरल्याण्ड

Share.

Leave A Reply