१३ वैशाख २०८१

सरकारको असक्षमताको कारण ग्यांस अभाव भएको ग्यांस ब्यवसायी महासंघको आरोप

0
????????????????????????????????????

????????????????????????????????????

काठमाडौं २८ माघ । ग्यांस व्यवसायी महासंघले सरकारको असक्षमताले खाना पकाउने ग्यांसको अभाव भएको आरोप लगाएको छ ।
विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले त्यस्तो आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष वीरेन्द्रभक्त प्रधानाङ्गले सरकारको असक्षमताको कारण ग्यांसको अभावमा जनताले दुःख पाएको आरोप लगाउंदै वितरक कहां सोझै ग्यांस नपठाई उद्योग र आयल निगमको मिलेमतोमा आफै ग्यांस वितरण गरी सरकार कमिशनको चक्करमा लागेकोले वितरक र उपभोक्ता मारमा परेको दावी गरे ।
उनले सरकारले दीर्घकालीन उपाय नसोचेको र वितरण प्रणाली प्रभावकारी नभएको कारण ग्यांसमा कालोबजारी भएको समेत आरोप लगाउंदै भने,’सरकारी कर्मचारी, पहुंचवाला, सेना, प्रहरी सबै तह र तप्काहरुले लाईनमा बस्ने व्यवस्था नगरी पहुंचवालाहरुको घरमा मात्र सिलिण्डर पर्याउने परिपाटी समाप्त गर्नु पर्छ यसले नै अभाव सृजना गरेको हो ।
उद्योगबाट सिधै डिपोमा ग्यांस पठाई वितरकहरुलाई लिन बोलाउने भाडा पनि नदिने भएकाले ग्यांस महङ्गोमा उपभोक्ताले किन्न बाध्य पारिएको स्पष्ट पार्दै उनले ५४ वटा ग्यांस उद्योगहरुलाई मर्च नगरी समस्या समाधान नहुने तर्क गरे ।
महासचिव चन्द्रकृष्ण श्रेष्ठले ग्यांस व्यवसायी महासंघ, काठमाडौं प्रमुख जिल्ला अधिकारी, ग्यांस वितरक तथा विक्रेताहरुको सहभागीतामा भएको छलफलमा पूर्व प्रचलित वितरण प्रणाी अनुसार वितरकले विक्रेतालाई ग्यांस डेलिभरी गर्ने निर्णय भएपनि हालसम्म लागू हुन नसकेको कारण उपभोक्ताले ग्यांस सहज नपाएकोले यसमा विक्रेताहरुको दोष नभएको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा उनले आठ हजारसम्म रकम लिएर अनधिकृतरुपमा सीमापारी र अन्य जिल्लाबाट ल्याएर ग्यांस बेच्ने वितरण नभई कालाबजारी नभएको दावी गरे ।
महासचिव श्रेष्ठले सरकारले तोकेको दर ७०० वा १४०० मै ग्यांस विक्री वितरण गर्ने वातावरण नबनाई निमुखा व्यवसायीहरुलाई मात्र प्रताडित गर्ने कार्यलाई निरन्तरता दिएमा बाध्यतावस ग्यांसको खरिद बिक्री बन्द गर्ने चेतावनी दिंदै यसबाट पर्ने असरको जिम्मेवारी सम्बन्धित निकायले लिनु पर्ने बताए ।

Share.

Leave A Reply