१२ वैशाख २०८१

टेलिफोन नउठ्दा सुशील दाईलाई अस्पताल पुर्याउन सकिएनः डा. योगी

0

????????????????????????????????????

काठमाडौ, २८ माघ । नेपाली कांग्रेसका दिवंगत सभापति एवम पूर्व प्रधानमन्त्री सुशील कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले त्रिवि शिक्षण अस्पतालको एक्सचेन्जको टेलिफोन नउठ्दा कोइरालालाई उपचारकोलागि अस्पताल लान नसकिएको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो मोवाईल देखाउंदै भने मैले टिचिङ्गको एक्सचेन्जमा एम्बुलेन्सकोलागि १३ पटक फोन गरें तर फोन उठेन । पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई पनि टेलिफोन गरें । मैले ईन्जेक्सन लगाउंदै एम्बुलेन्स ल्याऔं भनि सल्लाह गर्दै फोन गरिरहेको थिएं । कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन विनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो । ‘
उनले कोइरालालाई अस्पताल भर्ना गर्न सोमबारको लागि टिचिङ्गकोको ६०१ नम्बर बेड बुक गरिएको भएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आई सामान्य अवस्था बनेकोले पहिला नै अस्पताल नलगिएको स्पष्ट पारे ।
डा. योगीले भने,’ सुशील दाईले शुक्रवार ज्वरो आए जस्तो भयो भन्नु भयो त्यसको उपचार गरियो । शनिवार अलि गाह्रो भयो भन्नु भयो एण्टिबायोटिक सुरु गरियो । आईतवार विहान ६ बजे बोलाउनुभयो म साढे ६ बजे पुगे त्यसबेला पनि उहांको स्वास्थ्य स्थिर थियो । उहांले कमजोर महसुस भयो भन्नु भयो मैले टिचिङ्गको ६०१ नम्बर बेड बुक गरें दिउसो छलफल गर्यौं । उहांले जाउलो खानु भयो ज्वरो पनि थिएन । राती सांढे नौ बजे म घर गएं । त्यसपछि अतुलजीले फोन गरेर स्वास लिन गाह्रो भयो आउनुस भन्नु भयो । म केही ईन्जेक्सन लिएर गएं । उहांको स्वास्थ्य अवस्था विगि्रएको थियो । तीनबाट ईन्जेक्सन लगाएं । गर्दा गर्दै लान भ्याईएन ।’
उनले ईन्जेक्सन लगाउने बेलामा हात थिचेर सुतेकोले आफूले ईन्जेक्सन लगाउन हात निकाल्नु पर्यो भन्दा उहांले ए बुझें भनेर भनेको विषयलाई अपब्याख्या गरिएको भन्दै ईन्जेक्सन लगाउंदा निस्किएको रगत लुगामा लागेको बताए ।
डा. योगीले निधारमा कुनै पनि चोट नभएको दावी गर्दै राति सौचालय जाने बेलामा अलि लरबरिएर बेसिनको सहारामा उहांले आफूलाई थिग्राएको र सो क्रममा टाउकोको पछाडी अलि छोएको भए पनि कुनै चोट भने आफूले नपाएको बताए ।
उनले भने,’ बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउंदा पुष्टि भईसकेको छ ।
डा. योगीले राती १२ बजे आफूले ईन्जेक्सन लगाएको र त्यसपछि सांढे १२ बजे सीपीआर गरेको जानकारी दिदै त्यस अवस्थासम्म कोइराला बोलिनै रहेको बताए ।
उनले कोइरालामा फोक्सोमा हुनु पर्ने सबै किसिमको रोग रहेको भन्दै केही समय अघि सुनिएको खुट्टा पनि सोही कारण भएको रिपोर्ट आएको बताए ।

Share.

Leave A Reply