०८ वैशाख २०८१

शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित

0

BICC Building
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको सम्झनामा शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसदको बिहीबारको बैठक स्थगित गरिएको छ ।
संसदमा प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका कोइरालाको असामयिक निधनप्रति सभामुख ओनसरी घर्तीले संसदमा प्रस्तुत गर्नु भएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।
शोक प्रस्तावमा नेपालको संबिधान निर्माण गर्ने अभियान र संबिधान संशोधन गर्ने प्रक्रियामा तत्कालिन प्रधानमन्त्रिको हैसियतले नेतृत्वदायि भुमिका निर्वाह गर्नु भएका सादा जीवन र स्वच्छ छविका सांसद सुशिल कोइरालाको असमायिक दुःखद निधन भएकोमा बैठक गहिरो शोक प्रकट गर्दछ भनिएको छ । २०४८ र २०५६ सालको प्रतिनिधिसभा सदस्य, २०७० सालको संबिधानसभा निर्वाचनमा नेपाली काग्रेस पार्टीको तर्फबाट बांके क्षेत्र नम्बर ३ र चितवन क्षेत्र नंम्बर ४ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो । व्यवस्थापिका-संसदले प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री कोइरालाको दिंवगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । बैठकले उहांको सम्मानमा एक मिनेट मौन धारण गरेको छ । कोइरालाको २०७२ साल माघ २६ गते विहान १२ बजेर ५० मिनेटमा ७७ वर्षको उमेरमा आफ्नै निवास महारजगंजमा निधन भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा कोइराला नेतृत्वको सरकारको कार्यकालमा संविधान सभाबाट नेपालको संविधान असोज ३ गते जारी भएको थियो । आगामी फाल्गुन ४ गते मंगलबार बिहान ११ बजे बस्ने गरी व्यवस्थापिका संसदको बैठक स्थगित गरिएको हो ।

Share.

Leave A Reply