१३ वैशाख २०८१

नामिबियाद्वारा नेपाल सामु २२६ रनको लक्ष्य प्रस्तुत

0

u19-cricket team Nepal
बंगलादेशको फतुल्लाहमा जारी यू १९ विश्वकप क्रिकेट अन्तर्गत आज जारी खेलमा नामिबियाले नेपाल सामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आज जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिड.मा ओर्लिएको नामिबियाले कूल ४५ ओभर खेल्दै नौ विकेटको क्षतिमा २२५ रन बनाएको हो । नेपाल जवाफी ब्याटिड.को तयारीमा छ । आज जारी उक्त खेलको बिजेता टिमले आगामी विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाउने भएकोले पनि उक्त खेल दुबै टिमका लागि महत्वपूर्ण मानिएको छ ।

Share.

Leave A Reply