१३ वैशाख २०८१

स्व कोइरालाको अन्त्येष्टि हुँदै

0

काठमाडौँ २७ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्यघाट पुगी स्व कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण तथा विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि पशुपति आर्यघाट पुग्नुभएको छ ।

स्व कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा नातेदार, पार्टीका नेता एवम् कार्यकर्ता तथा लाखौँको सङ्ख्यामा भावविह्वल मुद्रामा आर्यघाटमा जम्मा भएका छन् ।

यसअघि उहाँको शव यात्रा रङ्गशालाबाट सुरु भई थापाथली, सिंहदरवार, पुतलीसडक, कृष्ण पाउरोटी, ज्ञानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो । रासस

Susil-Koirala-antim-Badai-1 rss 5 Susil-Koirala-antim-Badai-8

Share.

Leave A Reply