१२ वैशाख २०८१

धेरै वैचारिक भिन्नता र आजको यूग मा विवाह

0

वैचारिक भिन्नता, उच्च महत्वाकाँक्षा, धार्मिक उन्माद, आस्थाको विभेद र तीब्र कामवासना मानव मानव का बीच संघर्ष का प्रमुख मानसिक तत्व हुन् । ई तत्वहरु मध्ये वैचारिक भिन्नता लाई अझ बढी सक्रिय तत्व मानिन्छ। हुनत एक व्यक्ति को विचार अर्को व्यक्तिसंग पूर्णतया मेल खाँदैन, र विभिन्न कारणहरुले गर्दा मेल खान पनि सक्दैन, तर प्रत्येक का विचारमा अर्काका विचार संग मिलन हुन सकने बिन्दु अवश्य हुन्छ । एउटाको विचार अर्का संग जुन मात्रामा मेल खान्छ त्यस संग त्यही मात्रामा मेलमिलाप र व्यवहार निर्धारित हुन्छ । जस संग विचार मिल्दैन त्यस संग व्यवहार र सम्बन्धमा मधुरता स्थापित हुँदैन । यो वैज्ञानिक सत्य हो । 

हाम्रो घर परिवार र गृहस्थी एउटा फुलवारी जस्तै हो जसमा थरी थरी का फूलहरु फुलेका हुन्छन् र सबै फूलको हित र अभीष्ट एउटै हुने गर्दछ । फूल र फुलवारी को हित र प्रतिष्ठा अक्षुण्ण रहनकोलागि सबैले सहअस्तित्वको सिद्धान्तलाई अत्मसात गरेको हुनु पर्दछ । यो तब मात्र सम्भव हुन्छ जब एक सदस्यको विचार अर्को सदस्यको विचार संग तादाम्य राख्दछ । यसै कारणले फुलवारीलाई बलियो अधार र प्रतिष्ठा दिनकालागि पहिलेदेखि नै चनाखो हुने हाम्रो परम्परा छ । 

​वर कन्याको स्तर र विचारमा ब भन्दा केही समय पूर्व वैवाहिक सम्बन्धकालागि वर कन्याको वर्ग, राशि, लग्न, गुण, कर्म, घर, वातावरण, आस्था, मूल्य र मान्यता आदि थुप्रै कुराहरुको अध्ययन र मिलान गर्ने गरिन्थ्यो जसमा बाहुन र ज्योतिष सहितको लमी को सहयोग लिने चलन थियो । तर आजको विकाशशील युगमा हाम्रा तमाम मान्यताहरु विसर्जित भएका छन् तैपनि वर कन्याको वैचारिक धरातल र मान्यताहरुमा तादाम्य हुनु पर्दछ भन्ने कुरामा कुनै कमी आएको छैन । विवाह पूर्व वर वधूको परिवेश, निष्ठा र आधारभूत सोच थाह नै नपाई कसैले पनि विवाह गर्न चाहन्न । वर कन्या दुवै पक्ष एक अर्काको मनोभावको भरसक यथेष्ट जानकारी लिन अनिवार्य ठान्दछन् । यो मनोवैज्ञानिक तथ्य भएकोले यसको अवहेलना हुनै सक्दैन ।

????????????????????????????????????

????????????????????????????????????

 

अब घर परम्परा र विचार मिलने वर कन्याको खोजीकोलागि टेलीफोन र पत्राचार प्रणाली असक्षम भैसकेको छ र समाचारपत्रहरुमा दिइने विज्ञापनको संक्षिप्तीकरणले विश्वसनीयता घटाएको छ र इन्टरनेटबाट कताकतै मेंट्रोमोनियल सेवाप्रवाह भएको दिखएतापनि निम्नतर प्रविधिको प्रयोग, गुणस्तरहीनता र धेरै महँगो सेवा भएको हुँदा वर कन्या को खोजीको क्षेत्रमा निराशा नै छाएको थियो । तर अब यो क्षेत्रमा एकदमै उच्च प्रविधिमा बहुतै सस्तो “नेपाली विवाह डट कम” धधध।लभउबष्खिष्खबज।अयm नामले विश्वसनीय इन्टरनेट सेवा उपलब्ध रहेकोले आफनो रित परम्परा सुहाउँदो वर कन्या चाहने नेपालीहरुकालागि खुशीको कुरा हो । नेपाली विवाह डट कम नामले लोकप्रिय भइरहेको यो सेवा सर्वसुलभ छ र आपका दिनमा अन्य कुनै पनि सेवाले यस संग प्रतिस्पर्धा गर्न सक्दैन । यो विश्वसनीय अनलाइन इन्टरनेट सेवा प्राप्त गरेर देश विदेश जहाँसुकै रहे बसेका नेपालीले आफनो चाहना लाई सफल पार्न सकने बलियो आधार खडा भएको छ । यो लिन्क मा गएर आफूलाई चाहिए अनुसार को वर कन्याको  विस्तृत विवरण प्राप्त गरेर आफनो विवरण दिएर सम्पर्क गरेर मनोवान्छित फल पाउन सकिने कुरामा कुनै शंका देखिदैन।

-कृष्ण राज पान्डे

   

Share.

Leave A Reply