०७ वैशाख २०८१

नेपाली उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशन सम्पन्न.

0

केजीन राई, ३ फेब्रुवरी २०१६, बेल्जियम। नेपाल उत्पीडित जातीय समाज (नोप्स) यूरोपको दोश्रो अधिवेशन बेल्जियमको आन्त्वारपेन शहरमा समाजका अध्यक्ष रामबहादुुर विश्वकर्माको अध्यक्षता र नेपाल सरकारका वातावरण तथा जनसंख्या मन्त्री तथा नेपाल वहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनमा फलामे साङ्गलो (जञ्जीर) लाई कैचीले काट्दै प्रतिकात्मक रुपमा विभिन्न खाले विभेदको अन्त्य गर्ने उद्घोषको साथ समुद्घाटन गरिएको उद्घाटन सत्रमा मन्त्री पासवानले नेपालका उत्पीडित शोषित समुदायको हक, अधिकार र विभिन्न खाले उत्पीडिनको मुक्तिका लागि संसारभर छरिएर रहेका दलित समुदाय संगठित हुन आवश्यक रहेको वताउदै सम्मेलनको शुुभकामना व्यक्त गर्नु भएको थियो । अधिवेशेनको उद्घाटन सत्रमा नेपाली दूतावासका प्रतिनीधि मिनिष्टर काउन्सुलर घनश्याम भण्डारी, ग्लोवल फोरम काष्ट डिस्क्रिमिनेशन अमेरिकाका संयोजक धर्म विश्वकर्मा, नेपाली उत्पीडित जातीय समाजका वरिष्ठ सल्लाहकार अर्जुन सुनार, नेपाली जनप्रतिशिील मोर्चा, यूरोपका विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका प्रेम पाठक, एनआरएन बेल्जियमका उपााध्यक्ष कृष्ण पौडेल, पत्रकार महासंघ यूरोप शाखाका केजिन राई, एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युवराज गुरुङ्ग, नेपाली प्रवासी महिला मञ्च, बेल्जियमकी इशा गुरुङ्ग लगायत विभिन्न संस्थाका प्रतिनीधिहरुले अधिवेशनको सफलताको कामना गरेका थिए । 

अधिवेशनमा कार्यक्रमको वन्द सत्रले हरिशचन्द्र नेपालीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । जसमा तेजबहादुर नेपाली महासचिव (बेल्जियम), ज्ञानबहादुर वि.क. बरिष्ठ उपाध्यक्ष (बेल्जियम), धनबहादुर नेपाली उपाध्यक्ष (बेलायत), डिलबहादुर नेपाली उपाध्यक्ष (स्पेन), राजेश विश्वकर्मा सचिव (जर्मनी), ललित परियार सचिव (पोर्चुगल), निर्मला परियार कोषाध्यक्ष (बेल्जियम), र सदस्यहरुमा गमबहादुर वि.क. (स्पेन), उदय नेपाली (नेदरल्याण्ड), मनसुवा परियार (बेल्जियम), सुम विश्वकर्मा (जर्मनी), प्रेमलाल नेपाली (पोर्चुगल), चित्रबहादुर वि.क. (बेल्जियम), धनश्याम वि.क. (फिनल्याण्ड) रहेका छन् । 

उक्त सम्मेलन पश्चात् नवनिर्वाचित महासचिव तेजबहादुर नेपालीद्धारा  जारी प्रेश विज्ञप्तीमा २ वुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । जसमा विश्वभरि छरिएर रहेका उत्पीडित जातीहरुलाई उत्पीडनका विरुद्ध एकजुट हुन ग्लोवल फोरमको स्थापनाको लागि नवनिर्वाचित अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समन्वय समिति गठन गरेको छ । दोश्रो बुुँदामा नेपालमा हुने सवै खाले विभेदका विरुद्ध एकीकृत नयाँ लडाईँको उद्घोष गर्दै उत्पीडित तथा दलितहरुको आत्मस्वभिमानी नेतृत्व तयार गर्ने नोप्स यूरोपले प्रारम्भ गर्ने उल्लेख गरेको छ।

image4 image1

Share.

Leave A Reply