०७ वैशाख २०८१

बंगबन्धु गोल्डकम फुटबल बिजेता नेपाली टोलीको विमानस्थलमा भव्य स्वागत

0

Nepali football fans cheering up for Nepali Football team on their arrival after winning Bangbandhu Cup from Bangladesh at Tribhuwan International Airport on Saturday, January 23, 2016. Photo: Bijay Gajmer/Republica/Nagarik
बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिता जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई भव्य स्वागत गरिएको छ । टोली बङ्गलादेशबाट आज दिउँसो करिब ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लँदा हजारौं फुटबल समर्थकले ँयो जित कस्को नेपालको, गोर्खाली हामी कहिल्यै झुक्दैनौँ’ जस्ता नारा लगाएका थिए । राष्ट्रिय झन्डा बोकेका उनीहरुले विभिन्न राष्ट्रिय गीत गाएर विमानस्थलको रौनक बढाएका थिए । त्यस्तै, खेलाडीलाई स्वागत गर्न पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारी लगायत विभिन्न पेसाका व्यक्तिहरुको पनि उपस्थिति थियो । त्यसपछि टोलीलाई पञ्चै बाजासहित विमानस्थलबाट, गौशाला, पुतलीसडक, शहीदगेट हुँदै दशरथ रङ्गशालामा पुर्याइएको थियो जहाँ सयौँको सङ्ख्यामा फुटबल समर्थक खेलाडीलाई स्वागत गर्न उपस्थित थिए । एक कार्यक्रमकाबीच राखेपका सदस्यसचिव केशवकुमार विष्ट, एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधान लगायतले खेलाडीलाई स्वागत गर्नुभयो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रका लागि समर्पित भएर पूर्ण अनुशासनका साथ सबैले खेलेकाले उपाधि सम्भव भएको बताउनुभयो । त्यस्तै, कप्तान विराज महर्जनले नेपाली फुटबलप्रेमी दर्शकको माया पुनः फर्काउने उद्देश्यले टोली एक ढिक्का भएर खेलेकाले सफल नतिजा आएको बताउनुभयो । यसपटक नेपाली टोली फुटबलमा देखिएको २३ वर्षे उपाधिको खडेरी तोड्न सफल भएको हो । रासस

Share.

Leave A Reply