ईटालीमा बड़ा दशैंको शुभकामना आदान प्रदान तथा सांकृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

0

बलराम शर्मा, इटाली, २७ अक्टोबर २०१५ – नेपाली समाज रोम र अ.ने.क.स. इटलीको संयुक्त रुपमा आयोजित बड़ा दशैं शुभकामना आदान प्रदान तथा सांकृतिक कार्यक्रम यहि २५ अक्टोबर २०१५ मा भब्य रुपमा सम्पन्न भएको छ । समाजका अध्यक्ष श्री देवराज गुरुङको  अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  इटालीका लागि नेपालका बाणिज्यदुत Paolo Nugari प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । gggऔपचारिक कार्यक्रमको संचालन नेपाली समाज रोमका सचिब बलराम शर्मा तथा सांस्कृतिक कार्यक्रमको संचालन बिजय लामा तथा कमला के सी (पंथी)ले गर्नुभएको उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि श्री Paolo Nugari तथा कार्यक्रमका अध्यक्ष श्री देवराज गुरूंगले द्वीप प्रज्वलन गरी गर्नु भएको थियो ।fff गैर आबासीय नेपाली संघ इटालीका  उपाध्यक्ष श्री हेमराज जोशी, अ.ने.क.स. इटालीका उपाध्यक्ष पार्वती शेरचन, जन संपर्क समिति इटालीका  अध्यक्ष श्री रमेशराज लामिछाने, प्रबासी नेपाली मंचका  अध्यक्ष श्री धर्मराज पाण्डे, जनप्रगतिशिल मंच  इटालीका अध्यक्ष श्री  हरि काराखेतिले  शुभकामना मनतब्य दिँदै नेपालको बिषम बर्तमान परिस्थितीमा हामी सबै  नेपाली सबै नेपाली मिलेर कम गर्नु पर्ने बताउनु भएको थियो । नेपाललाई सहयोग गर्दै आएको इटालियन सामजिक संस्था Uscita 23 का प्रतिनिधि समेत उपस्थित उक्त कार्यक्रममा प्रसस्त नेपाली, इटालियन तथा अन्य देशहरुबाट समेत अतिथिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाली राजदुतावास स्विट्ज़रलैंडवाट प्राप्त शुभकामना पत्र पढेर सुनाइएको थियो ।

Share.

Leave A Reply