०४ वैशाख २०८१

जर्मनविङषस जहाज दुर्घटनामा १५० को मृत्यु

0

जर्मनीको जर्मनविङ्स वायुसेवाको एयरबस ए–३२० मंगलबार फ्रान्सको दक्षिणी आल्प्स पर्वत शृंखलामा दुर्घटनाग्रस्त हुँदा जहाजमा रहेका सबै १ सय ५० जनाको मृत्यु भएको छ।
उडान ४यू९५२५ को जर्मनविङको एयरबस स्पेनको बार्सिलोनाबाट जर्मनीको डुउसेलडर्फको लागि उडान गरेको थियो। जहाजमा ६७ जना जर्मन यात्रु मध्य १६ जना विध्यार्थीहरु र २ जना शिक्षक रहेको सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनापछि जर्मनी, स्पेन र फ्रान्स शोकमग्न भएका छन्। जर्मनविङ्स वायुसेवा जर्मन वायुसेवा लुफ्थान्साको सहायक कम्पनी हो।

फोटो-©PHOTOPQR/LA PROVENCE/Duclet Stephane

Share.

Leave A Reply