१५ चैत २०८०

संविधानसभाको अर्को बैठक बोलाउन सभाध्यक्ष छलफल गर्दै

0

काठमाडौ, ११ चैत । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि दिएको अल्टिमेटम आज सकिंदैछ ।
संविधानका अन्तर्वस्तुमा सहमति गर्न दलहरूलाई दिएको अल्टिमेटम सकिएपछि सभाध्यक्ष नेम्वाङले छलफल गर्न लाग्नु भएको हो । नेम्वाङले प्रक्रिया अघि बढाउने विषयमा आज नै प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै हुनु हुन्छ ।
छलफलमा दलहरुबीचको विवाद र संविधानसभाको बैठकको नयाँ मिति तोक्ने विषयमा कुराकानी हुनेछ । नेम्वाङले आफ्नै कार्यकक्षमा दिउँसो १ बजे प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ ।
नेम्वाङले संविधानसभा बैठकको अर्को मितिका बारेमा प्रमुख सचेतकहरूको धारणा बुझ्ने उहाँको सचिवालयले जनाएको छ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले संविधानका विवादित अन्तर्वस्तु र प्रक्रिया कुनैमा सहमति नभएपछि आगामी प्रक्रियाका बारेमा कुराकानी गर्न प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिनुभयो । दलहरुबीच लामो समय संविधान निर्माण प्रक्रिया रोक्दा पनि सहमति भएको छैन ।

Share.

Leave A Reply