१३ वैशाख २०८१

युरोप स्तरिय नेपाली फूटबल प्रतियोगिताको जानकारी सहित सार्बजनिक

0

आदर्णिय दाजुभाई तथा दिदी बहिनीहरु, गैर आवासीय नेपाली संघका पदाधिकारीज्यूहरु, युरोपमा रहेका बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारी तथा महानुभवहरु, लेखक, पत्रकार, संगितकर्मी र सामाजिक ब्यक्तित्वहरूमा एन आर एन स्विजरल्याण्डको तर्फबाट अभिवदन टक्र्याउन चाहन्छौं । प्रवाशमा रहेरपनि बिभिन्न समस्या, कठिनाई र अन्य अड्चनले गर्दा हामी नेपालीहरुमा ठूलो संभावना, सिप, चाख र रहर हुँदाहुँदैपनि खेलकूदका क्षेत्रमा सोचेजस्तो प्रगति गर्न पाएका छैनौं । हामी खासगरि दोस्रो पुस्ताका नेपालीलाई युरोपका बिभिन्न मुलुकमा स्थापित हुनैकोलागि संघर्ष गर्दागर्दै दैनिक जीवनका काम बाहिर अन्य शारिरिक, बौद्दिक र यहाँका अवशरहरू खोज्ने फूर्सद मिल्दैन । हाम्रा युवाहरूलाई चाहेरपनि खेलकूदमा सरिक गराउन सकेका छैनौं । युरोपका बिभिन्न मुलुकमा बस्ने नेपालेहरुबिच संपर्क गराएर एक अर्काका अनुभव, ज्ञान, सिप र भोगाई सझेदारी गराउन सकेका छैनौं । समय र रुचि हुँदाहुँदैपनि युरोपको महगीले गर्दा पर्टकले झैं होटेलमा बसेर युरोपका अन्य मुलुक हेर्न, त्यहाँका नेपालीसित भेट्न र अन्य मुलुकबारे सिक्न अड्चन हुने गरेको छ । यहि रुचिलाई मननगरि एन आर एन स्विजरल्याण्डले यहि जुन २७ र २८ का दिन युरोपका नेपालीहरुबिच युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिता गराउने निधो गरेको छ । नेपालीहरूलाई ठूलो आर्थिक भार नपरोस्, ओहोरदोहोरमा समस्या नहोस् भनेर सस्तो र सुलभ मूल्यमा प्रतियोगिता हुन्जेलसम्म सुलभ र नेपालीको आर्थिक भारले थेग्नेगरी ब्यवस्था मिलाएका छौं । 

विशुद्द खेल र प्रतियोगिता मात्रै नभएर यसले नेपाली नेपालीबिचको भाईचारा, सुमधुर संवन्ध र परिचयको अवशर जुराउने कडीका रुपमा हामीले यसलाई लिएका छौं । प्रवासमा रहेका नेपालीहरुबिच मित्रता बढाउनुका साथै यसले दोस्रो पुस्ताका नेपालीकालागि केही सिक्ने महत्वपूर्ण अवशर जुराउने छ भन्ने हाम्रो विश्वासपनि छ । यस प्रतियोगितामा भाग लिनका लागि विभिन्न युरोपेली मुलुकमा रहनु हुने नेपाली प्रतियोगी टिमहरुले तल उल्लेखित व्यक्तिहरुलाइ सम्पर्क गर्न सक्नु हुने छ । यसलाई सफल पार्न, धेरै नेपालीको पहुँचमा पुर्यािइदिएर सहयोग गर्नुहुन हामी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आग्रह गर्दछौं । 

पुरस्कार : 

पहिलो पुरस्कार : २१०० स्विस फ्रान्क( दुइ हजार एक सय स्विस फ्रान्क)

दोश्रो पुरस्कार   :  १३००  स्विस फ्रान्क ( एक हजार तिन सय स्विस फ्रान्क ) 

तेस्रो पुरस्कार    :  ७००    स्विस फ्रान्क ( सात सय स्विस फ्रान्क ) 

अन्य सानतोना पुरस्कारहरु पनि हुने छन् I 

खेल सम्बन्धि महत्वपूर्ण जानकारी 

– खेलाडीको संख्या १० जना हुने छ I  ( खेलमा ७ जनाले खेलिने छ र ३ जना भने परिबर्तन गर्न सकिने छ )

– सम्पूर्ण टिमहरु २६ जुनको बेलुका २२.०० बजे सम्म आइपुग्नु पर्ने छ I 

-२६ गते बेलुका ,२७ र २८ गते बिहान सम्म खेलाडीहरुका लागि खान र बस्नको व्यवस्था गरिएको छ I

– प्रत्यक टिमले अप्रिल अन्तिम सम्म ७०० युरो र १० जना खेलाडीहरुको नामावली एन आर एन ए स्विसलाइ पठाई सक्नु पर्ने छ I  

  ( ७०० युरो – १० जना खेलाडीहरुका लागि खान,बस्न र खेल्न सहित )

  एन आर एन ए स्विटजरल्याण्ड a / c  No .  ८५-४९७९६०-९ 

सम्पर्क 

शिव रिजाल (आइ.सी.सी स्विस)- ००४१ ७८ ८५१ ५९ ३१ 

धर्म गुरुङ(अध्यक्ष) – ००४१ ७६ ३७८ ३३ ७७

सुबाश पोख्रेल ०७९१३८५५०० 

दिपक शर्मा खतिवडा – ००४१ ७८ ९२४ ८० ३९ 

शुक्र श्रेष्ठ               – ००४१ ७६ ५७० ७५ ६० 

स्थान : Schwimmbadstrasse 7 , 

          5000 Aarau , 

          Switzerland

संयोजक 

 निराजन श्रेष्ठ  -००४१ ७८ ६२५ १७ ४४ 

 बिदुर संग्रौला – ००४१ ७८ ७२८ ८४ ४६ 

 आयोजक

– एन आर एन ए स्विटजरल्याण्ड

– साथमा स्विस बासी नेपाली 

Share.

Leave A Reply