स्वीस सँघिय सरकारले हालै फेरी धूम्रपान बिरूध्दको नयाँ अभियानको शुरुवात गरे

0

बेर्न, १ मार्च २०१५ – स्वीस सँघिय सरकारले हालै फेरी धूम्रपान बिरूध्दको नयाँ अभियानको शुरुवात गरेकोछ ।  स्विजट्जरल्याण्डमा उमेरभन्दा पहिला नै हुने मृत्युको प्रमुख कारण धुम्रपानको लत रहेको र यही समस्याको लागी सरकारले बार्षिक ५० लाख खर्च गरिराख्नु परिरहेको छ। त्यसकारण यही समस्यालाई काबुमा ल्याउनको लागी सोमवार १६ फेब्रुवरीबाट यो नयाँ अभियान शुरु गरिएको जनाएकोछ । 

यस धूम्रपान मूक्त अभियानको उदेश्य भनेको धूम्रपानरहित जीवनको सकारात्मक पक्षहरुको ब्यापक प्रचारप्रसार गरी प्रकाशमा ल्याउने र धूम्रपानमूक्त हुनु “एक सामाजिक आदर्श” रुपमा स्वीस समाजमा स्थापित गर्नु रहेको छ ।

म अझ शक्तिशाली (Ich bin stärker) नारा राखिएको यो अभियान अन्तर्गत बिभिन्न पोस्टर तथा हाँस्यमिश्रित भिडियोहरुको निरन्तर प्रदर्शनी मार्फत धूम्रपानको कारणले हुने उमेर नपुग्दैको मरण र शारिरिक शक्तिमा कमजोरीहरुलाई देखाईनेछ । यस त्रिवर्षीय अभियानको लागी स्वीस सँघिय जनस्वास्थ्य कार्यालय <Bundesamt für Gesundheit (BAG)>को ९० लाख फ्र्याँक बजेट बिनियोजन भएको जनाएकोछ । हुन त यस अघि देखि गरिदै आएको अभियानको प्रभावको कारणले पनि अघिल्लो दशक भन्दा अहिले आएर धूम्रपान गर्नेको सँख्यामा उल्लेखनिय कमी आएको जनाएकोछ ।

सन २००१ देखि २०१३ को अन्त्यसम्ममा आईपुग्दा धुम्रपान गर्नेको सँख्या ३३ प्रतिशतबाट झरेर २५ प्रतिशतमा आईपुगेको छ । यसको अर्थ अहिले धूम्रपान अम्मलिको सँख्या १७,३०,००० को हाराहारीमा रहेको छ । स्वीस सँघिय जनस्वास्थ्य कार्यालय <Bundesamt für Gesundheit (BAG)> को निर्देशक पास्कल स्ट्रप्लर भन्नुहुन्छ – “यो सँख्या अझै पनि ज्यादै बढि हो । यो अभियानले सन २०१६ सम्ममा २३ प्रतिशतमा झार्ने लक्ष राखिएको छ”।

तथ्याङकहरुका अनुसार धूम्रपान गर्नेको आधा सँख्याले यसको शुरुवात १८ वर्षको उमेर नपुग्दै गरेको देखाउँछ । त्यसैगरी उमेर नपुग्दै हरेक बर्ष ९००० स्वीसहरुले धूम्रपानको कारणले ज्यान गुमाउने गरेकाछन ।

 

Share.

Leave A Reply