०७ वैशाख २०८१

प्रधानमन्त्री आलोपालो गर्ने गरी पार्टी एकिकरण गर्ने सहमति

0

वर्तमान प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच प्रंधानमन्त्री आलोपालो चलाउने भद्र सहमति सहित पार्टी एकिकरण गर्ने सहमति भएको छ ।
सोमबार बेलुकी अबेर भएको उक्त सहमतिलाई कागजी रुपमा नउतार्ने तर पार्टी एकिकरण पश्चात् दुबै पार्टीका अध्यक्षहरुले पालैपालो प्रधानमन्त्री चलाउने पार्टी अध्यक्षमा पनि सहमतिमै अगाडि बढ्ने भद्र सहमति भएको श्रोतले बताएको छ ।
प्रधानमन्त्री पदलाई आलोपालो गर्ने भन्ने सहमतिलाई सार्वजनिक रुपमा नै घोषणा गर्दै सरकार अप्ठेरोमा पर्न सक्ने हुँदा सो सहमतिलाई भद्र सहमतिको रुपमा अगाडि बढाउने सहमति भएको श्रोतको दाबी छ ।
दबुै पार्टीको एकिकरण पश्चात् पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने पनि सहमति भएको जनाइएको छ । जुन सहमतिलाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएपछि पार्टी एकिकरणको घोषणा हुने पनि जनाइएको छ ।

Share.

Leave A Reply