१२ वैशाख २०८१

नेपाली दूतावास स्वीट्जरल्याण्डमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

स्वीट्जरल्याण्डस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली संघ एवं अन्य विभिन्न नेपाली संघ संस्थाहरुका बीचमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्वीट्जरल्याण्डसँगको सहकार्यमा जेनेभास्थित नेपाली दूतावासमा गत आइतबारका दिन नेपाली दूतावास, स्वीट्जरल्याण्डमा क्रियाशील विभन्न नेपाली संघ संस्थाहरु, पत्रकारहरु र अन्य विभिन्न व्यक्तित्वहरुका बीचमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।


स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत महामयिम दिपक धितालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएनए एनसिसी स्वीट्जरल्याण्डका अध्यक्ष भूमि गुरुंग, दूतावास परिवार, एनआरएनएका पदाधिकारी तथा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा अन्य बिभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएनएका अध्यक्ष भूमि गुरुंगले अन्तरक्रियाको विषयवस्तुका बारेमा प्रकाश पारेका थिए भने अन्तरक्रियामा उठेका जिज्ञासामाथि राजदूत धितालले प्रकाश पारेका थिए ।
एनआरएनए अध्यक्ष गुरुंगले स्वीट्जरल्याण्डमा सक्रिय रहेका सम्पूर्ण संघ संस्थाहरु एक आपसमा मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेमा नेपाल र नेपालीका साझा सबाल तथा पर्यटन प्रवद्र्धन एवं कला, संस्कृति र सभ्यताको विकास एवं प्रवद्र्धनमा सहजता हुने बताउँदै त्यसका लागि संघ सदैब प्रतिबद्ध रहेको र हातेमालो गरेर अगाडि बढ्न तयार रहेको समेत जानकारी दिए ।
अन्तरक्रियामा बोल्दै राजदूत धितालले स्वीट्जरल्याण्डमा यस प्रकारको कार्यक्रम पहिलो पटक भएकोमा सबै नेपाली समुदाय तथा अन्य उपस्थित सम्पूर्ण व्यक्तित्वहरुको प्रशंशा गरेका थिए । त्यसैगरी सहभागीहरुले पनि राजदूत धितालको कार्यकालमा राम्रा कार्यहरु भएको भन्दै अझै राम्रा र सकारात्मक कार्यहरुको अपेक्षा गरेको बताए ।


कार्यक्रममा स्वीट्जरल्याण्डमा रहेका बिभिन्न संघ संस्थाहरु मिलेर नेपाली चाडपर्व लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने वार्षिक कार्ययोजना समेत तयार गरेका छन् । वाार्षिक कार्य तालिका अनुसार नेपाली दूतावासले आयोजना गर्दै आएको एभरेष्ट डे कार्यक्रमलाई एनआरएनए स्वीट्जरल्याण्डको सहकार्य र स्वीट्जरल्याण्डमा क्रियाशील सबै संघ संस्थाहरुको सहयोगमा आयोजना गर्ने, नेपाली जनसम्पर्क समितिले भलिबल प्रतियोगिताका साथै तीहार कार्यक्रम, प्रवासी नेपाली मञ्चले नेपाली जनप्रगतिशील मञ्चसँग मिलेर नयाँ वर्ष कार्यक्रम, बेर्न समाजले बडा दशैँ कार्यक्रम तथा एनआरएनए स्वीट्जरल्याण्डले महिला दिवसका साथै तीज कार्यक्रम आयोजना गर्ने गरी क्यालेण्डर तयार गर्ने निर्णय भएको छ ।

Share.

Leave A Reply