११ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डको आयोजनामा नेपाली राजदूतावाससंग अन्तरक्रिया कार्यक्रम हुने

0

गैर-आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको आयोजनामा नेपाली दूतावास तथा अन्य विभिन्न संघ संस्था बीच जेनेभामा एक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
आगामी ४ फेब्रुअरी २०१८ आइतबारका दिन जेनेभामा उक्त अन्तरक्रिया कार्यक्रम हुन लागेको आयोजक एनआरएनएका अध्यक्ष भूमि राज गुरुंगले बताएका छन् । गुरुंगले दिएको जानकारी अनुसार स्विट्जरल्याण्ड स्थित नेपाली संघ(संस्थाहरु, एनआरएनए स्वीट्जरल्याण्डका सल्लाहकार समितिका सदस्यहरु, नेपाल पर्यटन बोर्ड स्वीट्जरल्याण्डका प्रतिनिधिहरु, नेपाली समाजसेवी एवं बुद्धिजीवीहरु लगायत स्थानीय क्षेत्रमा क्रियाशिल नेपाली संचारकर्मीहरुसंग गरिने उक्त अन्तरक्रिया कार्यक्रममा आगामी दिनमा कसरी गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने लागायतका विषयहरुमा छलफल हुने जनाइएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा हरेक वर्ष एनआरएनए स्वीट्जरल्याण्ड र नेपाली दूतावासको सहकार्यमा हुँदै आएको कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने, नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्धनमा के कस्ता कार्यहरु गर्न सकिन्छ, नेपाली समुदाय र स्वीस नागरिकहरुका बीचको समन्वय र सहकार्यलाई कसरी अगाडि बढाउने, स्वीट्जरल्याण्डमा आयोजना हुने नेपाली कार्यक्रमहरुको वार्षिक कार्य तालिका, एनआरएनहरुले हासिल गरेका सीप, ज्ञान र कौशलतालाई नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने लगायतका विषयहरुमा बृहत छलफल तथा अन्तरक्रिया हुने जनाईको छ ।

गत जनवरी २८ तारिखका लागि तय भएको उक्त अन्तरक्रिया कार्यक्रम विशेष काराणबश ४ फेब्रुअरीका दिन Chemin du Banc Bènit 35, 1213 Lancy जेनेभामा बिहान ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

Share.

Leave A Reply