आर्मीलाई टाईब्रेकरमा ५–४ ले गोलले पाखा लगाउदै धरान सेमिफाइनलमा

0

पोखरा – धरान फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरको सिकार बनाउदै पोखरामा जारी १६ औ आहा रारा गोल्ड कपको अन्तिम चारमा स्थान पक्का गरेको छ । पोखरा रगंशालामा आइतबार भएको दोश्रो क्वारटफाइनल खेलमा धरानले आर्मीलाई टाईब्रेकरमा ५–४ ले गोलले पाखा लगाउदै सेमिफाइनलमा यात्रा पक्का गरेको हो ।

निर्धारित र अत्तिरिक्त गरि १ सय १० मिनेट एक÷एक गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । आर्मीका प्रिन्स कार्कीको पेनाल्टी सुटआउट क्रसबारमा लागेपछि धरानको दोश्रो पटक सेमिफाइनको यात्रा पक्का भएको हो । आहा राराको फाइनलमा तिन पटक पुगेपनि आर्मी उपाधि विहिन बनेको थियो । आर्र्मी सातौ र आठौ आहा रारामा नेपाल पुलिसंग ५–० र १–० र चौधौमा मनाङमस्याङर्दी क्लबसंग १–० मा पराजित हुदै उपविजेतामा समिति भएको थियो । धरानले दोश्रो पटक सेमिफाइनलको यात्रा तय गर्दा टाइबेकरमा कप्तान विष्णु सुनार, सुरज वि.क, रोम लिम्वु, र निशान लिम्बुले गोल गर्नुभयो ।

आर्मीका तर्फबाट पहिलो पेनाल्टी प्रहार गर्नुभएका नवयुग श्रेष्ठ, दिप लामा,विवेक बस्नेत, दिपक गुरुङको प्रहार गोलमा परिणत भएपनि दोश्रो पेनाल्टी प्रहार गर्नुभएका प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिएपछि आर्मीको आहा राराको सेमिफाइनल यात्रा अधुरो बन्यो/आहा रारा फुटबल प्रतियोगिताको अन्र्तगत सोमबारको खेल नेपाल एपिएफ क्लब र थ्रि स्टार क्लबवीच प्रतिस्पर्धा हुने छ ।

Share.

Leave A Reply