०४ वैशाख २०८१

एनआरएनएद्वारा थानेश्वर बचाउ अभियानका लागि संकलित रकम सरकारलाई हस्तान्तरण

0

गैर आवासीय नेपाली संघले साउदी अरेबीयाको जेलमा बन्दी जीवन व्यतित गरिरहेका थानेश्वर भुषालको मुक्तिका लागि संकलित रकम नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
संघले वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन व्यतित गरिरहेका थानेश्वर भुषाललाई कारागारबाट मुक्त गर्नको लागि प्रवासी नेपाली समन्वय समितिले भुषाल बचाउ अभियान अन्तर्गत संकलन गरेको २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले उपलब्ध गराएको रु १५ लाख ५० हजारको वेग्ला वेग्लै चेक शुक्रबार नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास वैरागीलाई हस्तान्तरण गरेको हो ।


रकम हस्तान्तरण पश्चात् प्रतिक्रिया दिँदै परराष्ट्र सचिव शंकरदाश बैरागीले आज प्राप्त भएको सहयोग रकम साउदी अरेवीयाको नेपाली महावाणिज्य दूतावासमा पठाई थानेश्वर भुषाललाई जेलबाट रिहा गर्ने प्रक्रिया सुरु गरिने जानकारी दिंदै सहयोग रकम जुटाएकोमा गैरआवासीय नेपाली संघ र प्रवासी नेपाली समितिलाई धन्यवाद समेत व्यक्त गरे ।
संघको काठमाडौंस्थित कार्यालयमा आयोजित उक्त सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक सहयोग संकलन सम्बन्धी जानकारी दिँदै प्रवासी नेपाली समन्वय समितिले रु. २५ लाख ४८ हजार, संघले आफ्नो राहतकोषबाट रु. १२ लाख ५० हजार, एनसिसि साउदी अरेवीयाले रु. २ लाख ५० हजार र एनसिसि मलेसियाले रु. ५० गरी कूल ४० लाख ९८ हजार उपलब्ध गराएको संघले जनाएको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कूल प्रसाद कार्की, गैरआवासीय नेपाली संघका सचिव डि.बि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक किरणविक्रम थापा र सचिवालयका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीको सहभागिता रहेको थियो ।

त्यसैगरी उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रमपछि गैरआवासीय नेपाली संघको सचिवालयमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरका बारेमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा प्रवासी नेपली समन्वय समितिका अध्यक्ष कूल प्रसाद कार्कीले समितिका साथै भुषालको रिहाईका लागि संकलन गरिएको रकम बारे जानकारी दिएका थिए । त्यसैगरी भुषालकी आमाले आपत परेको बेलामा रकम जुटाई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ र प्रवासी नेपाली समन्वय समिति प्रति आभार प्रकट गरेकी थिईन ।
कार्यक्रमको अन्त्यमा संघका अध्यक्षले सहयोग रकम जुटाएकोमा एनसिसि सउदी अरेवीया, एनसिसि मलेसिया र यस काममा पहल गर्ने प्रवासी नेपाली समन्वय समिति लगायत सहयोग गर्ने गैरआवासीय नेपालीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै थानेश्वर भुषालको रिहाइमा चाहिने आवश्यक रकम नेपाल सरकारलाई बुझाईसकेकोले उनको रिहाईका लागि सरकारले चाडै नै आवश्यक प्रक्रिया पुर्याई नेपाल फर्काउने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनको सञ्चालन गरेका संघका प्रवक्ता भूषण घिमिरेले कार्यक्रममा सहभागी भएका सबै संचारकर्मीहरु र सरोकारवालाहरु प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

Share.

Leave A Reply