१३ वैशाख २०८१

सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना सम्बन्धी सहमती पत्रमा हस्ताक्षर

0

गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिका बीच सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सिन्धुलीगढी जिर्णोद्धार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा संघ र नगरपालिका बीच उक्त सहमती पत्रमा हस्ताक्षर भएको हो ।
सहमती पत्रमा कमलामाई नगरपालिकाकाको तर्फबाट नगर प्रमुख खड्ग खत्री र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका हुन् ।
सिन्धुली गढी किल्लाको बारेमा जानकारी दिँदै संघले उक्त किल्लाले आधुनिक नेपाल निर्माणको इतिहासमा महत्वपूर्ण स्थान ओगटेको बतायो । त्यसैगरी उक्त किल्लाले नेपाली सेनाको गौरवमय इतिहासलाई प्रतिविम्वित गर्नुका साथै सिन्धुली गढीको लडाईमा त्यस बखतको गोरखा सेनाले अंग्रेज सेनालाई हराए पछि नै नेपालको एकीकरण सम्भव भएको कुरामा मतैक्यता रहँदैन भन्दै
महत्वपूर्ण ऐतिहासिक धरोहरहरु बोकेको सिन्धुली गढीको धरोहरहरु जोगाई राख्नु आवश्यक भएको र यस स्थानको पर्यटकीय सम्भावनाहरु पनि प्रचुर भएकोले सिन्धुली गढीको ऐतिहासिक र आर्थिक संभावनाको महत्वलाई समेत मनन गरी संघले सिन्धुली गढीको गुरु योजना तयार पार्न पहल गरेको बताएको छ । गुरु योजना तयार पार्नुको उद्देश्य आफैले संरचना निर्माण गर्नु भन्दा पनि पुराना संरचनाको पुरातात्विक महत्वलाई जगेर्ना गर्नु र अबको निर्माण कार्यमा ऐतिहासिक धरोहरलाई जोगाई राख्नु हो भन्दै गुरु योजना सबै सम्बन्धित पक्षको सहभागीतामा तयार पारिने र यसरी तयार गरिएको गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने समेत सहमती भएको जनाइएको छ ।
सहमति पत्रमा जनाइए अनुसार हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व पुनर्स्थापना गर्ने उद्देश्यले बनाईने बृहद् गुरु योजना निर्माण सम्बन्धी काम गैरआवासीय नेपाली संघले सम्बन्धीत पक्षहरुको सहयोगमा गर्ने छ भने संघले गुरुयोजना निर्माण गर्दा सिन्धुली गढीको प्राचीन ऐतिहासिकताका साथै मौलिकता यथावत राख्न प्रयास गर्नेछ ।
गुरुयोजना निर्माण गर्ने क्रममा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय गरिनेछ । आवश्यक पर्ने कानुनी तथा व्यावहारिक पक्षको समन्वय कमलामाई नगरपालिकाले गर्ने सहमति भएको छ । गुरुयोजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको समेत व्यवस्थापन गर्नेछ । उपरोक्त गुरुयोजना सम्झौता भएको मितिदेखि ६ महिनाभित्रमा गैरआवासीय नेपाली संघले कमलामाई नगरपालिकालाई हस्तान्त्तरण गर्ने लक्ष रहेको छ ।
यस कार्यक्रममा सिन्धुली जिल्लाका प्रत्यक्ष तर्फका प्रतिनिधि सभा निर्वाचित हरीबोल गजुरेल र नगर प्रमुख खड्ग खत्री लगायतले सिन्धुली गढीको इतिहास र हाल त्यहां रहेको एतिहासिक धरोहरको अवस्था बारे जानकारी गराउनुका साथै त्यस गुरुयोजनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हस्ताक्षर कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष भवन भट्टले उक्त गुरुयोजना तयार पार्ने क्रममा सहयोग गर्न सबै सरोकारवालाहरुलाई अनुरोध गर्दै उनले
इतिहासबाट सिक्नु पर्ने र संस्कृतिको सम्बर्धन गर्नु पर्ने पनि आवश्यक भएको धारणा व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा संघका अध्यक्ष लगायत प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री हरिबोल गजुरेल, तीन नम्वर प्रदेश सभाका सदस्य विनोद खड्का र प्रदिप कटुवाल, कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग खत्री, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात र सिन्धुली जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सरोकारवालाहरु र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
संघका सचिव तथा सिन्धुलीगढी अभियानका संयोजक डिबि क्षेत्रीले उक्त कार्यक्रमको संयोजनका साथै संचालन गरेका थिए । त्यसैगरी उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रवक्ता भूषण घिमिरे, एशिया प्रशान्त क्षेत्रका संयोजक किरणविक्रम थापा र आइसिसि सदस्यहरु, गैरआवासीय नेपालीहरु र संघको सचिवालयमा कार्यरत कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

Share.

Leave A Reply