०७ वैशाख २०८१

स्वीट्जरल्याण्डमा ग्याल्बो ल्होसार मनाइने

0

स्वीट्जरल्याण्ड। शेर्पा सोसाईटी, स्विट्जरल्याण्डले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ।
स्वीट्जरल्याण्डवासी नेपाली शेर्पा समुदायहरुले आफ्नो समुदायको नयाँ वर्ष २१४५ औँ स फो खी लो ९कुकुर बर्ष० ग्याल्बो ल्होसारलाई भब्य रुपमा मनाउने तयारी गरेको हो। ग्याल्बो ल्होसारलाई मनोरञ्जनात्मक र सबै सम्प्रदायका नेपालीहरुबीच आकर्षक बनाउन शेर्पा सोसाईटी स्विट्जरल्याण्ड तिब्र तयारीमा जुटेको छ।
ग्याल्बो ल्होसारको पावन अवसरमा सोसाइटीले आगामी १७ फेब्रुअरी २०१८ शनिवारको दिन स्विट्जरल्याण्डको बासेल सहरमा विविध सांस्कृतिक कार्यक्रम सहित उक्त ग्लाल्बो ल्होसार कार्यक्रम मनाउन लागेको हो ।
कार्यक्रमलाई भव्य बनाउने उद्देश्यले आयोजक सोसाइटीले स्वीट्जरल्याण्ड तथा फ्रान्समा बसोबास गर्दै आएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई आ(आफ्नो कला र संस्कृति झल्काउने खालका भेषभूषा लगाएर कार्यक्रममा उपस्थित भै यस वर्षको ग्याल्बो ल्होसारको सोभा बढाई दिइनुका साथै कार्यक्रम मार्फत भरपूर मनोरञ्जन लिन समेत अनुरोध गरेको छ ।
Meierhof Kirchplatz 7, 4125 Riehen मा दिनको ठीक २ बजेदेखि बेलुकी ८ः३० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क ३० स्वीस फ्रान्क कायम गरिएको छ भने १२ वर्षमुनिका बालबालिकाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रमका सहभागिहरुका लागि अपेरोका साथमा पेय पदार्थ र रात्रिभोजको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ ।
उक्त ल्होसार कार्यक्रममा सहभागिताका लागि आयोजक संस्थाका आग्ङ तेन्जिङ्ग शेर्पा मोबाईल नं. ०७६ ३७८ ६१ ८८, ग्याल्जेन शेर्पा ०७७ ०४७ ८९ ८० र पुला शेर्पा ०७८ ८१९ ९२ ०९ मा सम्पर्क गर्न सकिने पनि आयोजक संस्थाले जनाएको छ ।
त्यसैगरी कार्यक्रम स्थलसम्म पुग्नका लागि बासेलको ट्रेन स्टेशनबाट Egglisee दिशातिर जाने ट्राम नम्बर २ चढेर मेसेप्लाजमा झर्ने अनि मेसेप्लाजबाट Riehen Granze दिशातिर जाने ट्राम नम्बर ६ चढेर Riehendorf मा उत्रने ।
आफ्नै सबारी साधान लिएर आउनेहरुले सबारी साधन पार्किड. गर्नका लागि Besucherparkkarte (Halbtag) किन्न समेत आयोजकले अनुरोध गरेको छ, जसको मूल्य ६ स्वीस फ्रान्क रहेको छ । पार्ककार्टे अनलाईन वा नजिकको बस र ट्रामको अटोमाटबाट किन्न सकिने पनि आयोजक शेर्पा सोसाइटी स्वीट्जरल्याण्डले जनाएको छ ।

कार्यक्रमको संपूर्ण जानकारी  

स्थान

Meierhof

Kirchplatz 7

4125 Riehen

समय

दिनको १४:०० बजे देखि बेलुकी २०:३० बजे सम्म

मिति

१७ फेब्रुअरी २०१८ शनिवार

प्रवेश शुल्क

३० स्वीसफ्रांन्क (अपेरो साथमा हल्का पेय पदार्थ र रात्रि भोज)

१२ वर्ष सम्मका बालबालिकाहरूका लागि निःशुल्क

संम्पर्क

आग्ङ तेन्जिङ्ग शेर्पा ०७६ ३७८ ६१ ८८

ग्याल्जेन शेर्पा                          ०७७ ०४७ ८९ ८०

पुला शेर्पा                                ०७८ ८१९ ९२ ०९

कार्यक्रम स्थल जानको लागि बासेलको ट्रेन स्टेसनबाट Egglisee दिशा तिर जाने ट्राम नम्बर २ चढेर मेसेप्लाजमा झर्ने। मेसेप्लाजबाट Riehen Granze दिशा तिर जाने ट्राम नम्बर ६ चढेर Riehendorf मा झर्ने।

आफ्नै सवारी साधनमा लिएर आउनीहरूले पार्किङ गर्दा Besucherparkkarte (Halbtag) किन्नु होला। यसको मूल्य छ स्वीस फ्रांन्क पर्दछ। पार्ककार्टे अनलाईन वा नजिकको बस र ट्रामको अटोमाटबाट किन्न सकिन्छ।

आयोजक

शेर्पा सोसाईटी स्वीट्जरल्याण्ड

Share.

Leave A Reply