पहिलो चरण चुनावका लागि असोज २९ कार्यालय खुल्ने

0

काठमाण्डौ – प्रदेश र प्रतिनिधिसभाको मंसिर १० गते हुने पहिलो चरण चुनावका लागि निर्वाचन आयोगले असोज २९ भित्र सबै जिल्लामा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोल्ने भएको छ । आयोग प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार निर्वाचन अधिकृत छनौट भइ आवश्यक तालिमसमेत दिइसकिएको छ । आजको कान्तिपुर दैनिकमा खबर  छ ।

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका ३ सय ३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतबाहेक ८८ न्याय सेवाका उपसचिवलाई क्षेत्र तोकी निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत भने जिल्ला न्यायाधीशलाई तोकिएको छ । आवश्यकता अनुसार जिम्मेवारी दिने गरी ९ जना निर्वाचन अधिकृतलाई जगेडामा राखिएको छ ।

Share.

Leave A Reply