०६ वैशाख २०८१

एनआरएनए स्वीडेनको आयोजनामा ‘दशैं शुभकामना तथा सांस्कृतिक साँझ’ कार्यक्रम सम्पन्न

0

गैर-आबासीय नेपाली संघ, स्वीडेनको आयोजनामा ३० सेप्टेम्बर २०१७ का दिन बिजया दशमी २०७४ दशैं “शुभकामना तथा सांस्कृतिक साँझ” स्टकहोल्मको Kista Träff, Kista मा भब्य रुपमा सम्पन्न भएको छ ।

गैर-आबासीय नेपाली संघ स्वीडेनका अध्यक्ष श्री अर्जुन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा
संघका नबनिर्बाचित आई. सी. सी. सदस्य श्री प्रबेश कुँबर र अतिथिको रुपमा क्रमश: नेपाल मण्डपका संयोजक श्री सुबाश अधिकारी र हेल्प नेपालका अध्यक्ष श्री बिकाश ढकाललाई आसन ग्रहण गराएको थियो ।

कार्यक्रमको शुरुवात नेपाली राष्ट्रिय गान बाट भएको थियो । कार्यक्रममा स्वागत तथा शुभकामना मन्तब्य संघका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रेष्ठले दिनु भएको थियो ।

शुभकामना मन्तब्य पछि दशैं संम्बन्धी श्रब्य दृश्य प्रोजेक्टरको माध्यमबाट प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब राज कुमार पाठकले नेपाली भाषमा र परिक्षा भट्टराईले स्वीडीस भाषामा गर्नु भएकी  थिईन ।

साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिलो प्रस्तुतिको रुपमा गायक बिनय शेरचनले अति नै चर्चित गित सुगम पोखरेलको “दशैं तिहार” गाएका थिए । सृजना लामा, परिक्षा भट्टराई, सन्जु पाईजा र दिया श्रेष्ठको सामुहिक नृत्य अनि रुपा हेल्स्तेन र परिक्षा भट्टराईको एकल नृत्यले उपस्थित दर्शक तथा पाहुनाहरुलाई मनोरन्जन गराइएको थियो ।

चिर परिचित गायक शक्ति लामाको प्रस्तुति “के भन्ने हाम्रो समय” बोलको गितमा सबै जना दर्शकहरुले तालि बजाएर र सँगै गाएर साथ दिएका थिए भने दर्शकहरुको बिशेष अनुरोधमा अर्को गित “कलकत्ते काइलो” गाउदा सबै जना स्टेजमै पुगी नाचेर गाउदा माहोल नै रोमान्चित बनेको थियो । अर्का युबा गायक अस्बिन श्रेष्ठले माउन्ट ८८४८ ब्याण्डको “मस्की मस्की हेरेर जानेले” बोलको गित गाएर दर्शकहरुलाई मनोरंजन दिएका थिए । जसमा बिनय शेरचनले साथ दिएका थिए ।

यसरी साँस्कृतिक कार्यक्रमको समापन सँगै पहिलो चरणको औपचारिक कार्यक्रमको समाप्त भएको घोषणा कार्यक्रमका सभापति श्रेष्ठले गर्नु भएको थियो । समापनको छोटो मन्तव्यमा एन आर एन स्वीडेनले आयोजना गरेको दशैँ शुभकामना तथा साँस्कृतिक साँझ को निम्तोलाई स्वीकार गरि उपस्थित हुनु भएका सम्पूर्ण नेपाली दाजु भाई, दिदि बहिनि तथा बिदेशी पाहुना हरूलाई धन्यबाद दिनु भएको थियो भने काम बिशेषले उपस्थित हुन असमर्थ महानुभाबहरू, कार्यक्रम सफल पार्न खट्नु हुने कार्यसमितिका साथीहरु, नेपथ्यमा बसेर सहयोग गर्ने साथीहरु र प्राबिधिक रुपमा सहयोग गर्नु हुने संस्थाका युबा संयोजक प्रमोद अर्याल र नेपाल मण्डपका संयोजक सुबाश अधिकारी, त्यस्तै मिठो सेल रोटि र अचार बनाएर सहयोग गर्नु हुने देबकी कुँवर, श्रीमाया पाइजा र मिरा क्षेत्री, नाच गान गरी आफ्नो प्रतिभा प्रस्तुत गर्नु हुने कलाकार भाई बहिनिहरूलाई आफ्नो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट धन्यबाद दिदै आभार प्रकट गर्नु भएको थियो । अन्त्यमा टिका थाप्न र डिनर खानको लागि अनुरोध गर्नु भएको थियो ।

नेपालबाट आउनु भएकी ८२ बर्षिया आमा जगत कुमारी श्रेष्ठ र ६६ बर्षिय बुबा हेम बहादुर कार्कीको हातबाट उपस्थित सम्पुर्ण दाजु भाई, दिदि बहिनि र साना नानीहरुले लामबद्द भएर टिका र जमरा थापेका थिए ।टिका, जमरा अनि आशिष समेत थाप्न पाउदा साच्चै नै आफ्नो देश, जन्मभूमि अनि घर परिवारको याद समेत भुलेका थिए । टिका ग्रहण पश्चात डिनरको व्यवस्था गरिएको थियो

कार्यक्रमको अन्तमा सामुहिक नृत्यको लागि फ्लोर खुला गरिएको थियो । सबै जना आ आआफ्नो फ़र्माइसको गीतमा नृत्य गरि रमाइलो गर्दै करिब बेलुकी ९ बजे स्टकहोल्मको दशैं कार्यक्रम सकिएको थियो ।

त्यस्तै एन आर एन, स्वीडेनको शाखा अन्य शहरहरु गोथेन्बर्ग, माल्मो र सुन्स्भलका नेपाली दाजु भाई, दिदि बहिनिहरुले पनि टिका जमरा लगाई, नाचगान तथा शुभकामना साटासाट गरि रमाइलो बाताबरणमा दशैँ पर्ब मनाए ।
गोथेन्बर्गमा भने नेपाली समाज र गैर-आबासीय नेपाली संघ स्वीडेनले संयुक्त रुपमा दशैं आयोजना गरेको थियो । सबै शहर हरुमा एन आर एन, स्वीडेनका केन्द्रिय अध्यक्ष अर्जुन कुमार श्रेष्ठले पठाउनु भएको शुभकामना मन्तब्य पढेर सुनाईएको थियो ।

Share.

Leave A Reply