११ वैशाख २०८१

मिस नेपाल अस्मिसँग स्विटजरल्याण्डमा अन्तरक्रिया हुँदै

0

जुरिच,

मिस नेपाल २०१६ को उपाधि चुमेकी अस्मि श्रेष्ठसँग स्विटजरल्याण्डमा छलफल तथा अन्तरक्रिया हुने भएको छ। मिस नेपाल श्रेष्ठसँग शनिबार जुरिचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। किशोरावस्थादेखि नै मोडलिङमा लागेकी श्रेष्ठ हाल युरोप भ्रमणको क्रममा जर्मनीमा रहेकी छन्।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य डा, बिनय श्रेष्ठले “क्लास रुम बियोंण्ड” बारे मिस नेपालले जानकारी दिने बताए। उनले भने,”युरोप भ्रमणको क्रममा रहेको बेला मिस नेपाललाई स्विटजरल्याण्डमा पनि निमन्त्रणा गरेका हौ। बिशेष गरी मिस नेपालले जारी राखेको “क्लास रुम बियोंण्ड” अभियान बारे बुझेर, हामीले पनि गर्न सक्ने सहयोग छौ।”

कार्यक्रमको संयोजन गरिरहेका एनआरएनए स्विटजरल्याण्डका निर्बतमान युवा संयोजक अर्जुन बस्ताकोटीले स्विसबासी नेपालीहरुलाई उपस्थित हुन अनुरोध गरेका छन्। छोटो समयमा भेटघाट, छलफल, अन्तरक्रिया तथा मिस नेपालसँग फोटो सेसनको कार्यक्रम पनि राखेका छौ, सबैलाई सहभागी बन्न अनुरोध गर्दछु बस्ताकोटीले बताए। तल उल्लेख भएको कार्यक्रम विवरणबाट कार्यक्रम सम्बन्धी पूर्ण जानकारी लिन सकिने पनि बस्ताकोटीले बताएका छन् ।

कार्यक्रमबारे पूर्ण बिबरण:-

मिति :- ७ अक्टोबर २०१७,शनिबार

स्थान:- Pecking Garden Restaurant, Bahnhofstrasse 5,8302 Kloten

समय:- दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म

सम्पर्क:- अर्जुन बस्ताकोटी, 763986036

Share.

Leave A Reply