१५ चैत २०८०

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीच पार्टी एकता र चुनावी तालमेल घोषणा

0

नेपाल कम्यूनिष्ट पार्टी एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका बीच पार्टी एकिकरण तथा चुनावी तालमेल घोषणा भएको छ ।
राजधानी स्थित राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी उक्त घोषणा गरिएको हो । एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईद्वारा हस्ताक्षरित सहमति पत्र सार्वजनिक गर्दै प्रेस विज्ञप्ति मार्फत उक्त घोषणा गरिएको हो । संयुक्त पत्रकार सम्मेलनलाई तीन वटै पार्टीका अध्यक्षले सम्बोधन गरेका छन् ।
आगामी निर्वाचनमा एमाले ६० प्रतिशत, माओवादी केन्द्र ४० प्रतिशत र नयाँ शक्ति पार्टीलाई सहमतिका आधारमा टिकट दिने कुरा सहमति पत्रमा उल्लेख छ । त्यसैगरी सोही सहमति अनुसार पार्टी एकिकरणका लागि ८ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।

Share.

Leave A Reply